अस्ट्रेलियन एजुकेशन कन्सल्टेन्ट अलायन्स (एक्का) ले उच्च शिक्षाका लागि अस्ट्रेलिया जान चाहने विद्यार्थीहरुलाई लक्षित गरेर ‘अस्ट्रेलियन एजुकेशन फेयर २०१८’ आयोजना गर्ने भएको छ । "/>

दोस्रो अस्ट्रेलियन एजुकेशन फेयर आजदेखि (भिडियोसहित )

दोस्रो अस्ट्रेलियन एजुकेशन फेयर आजदेखि (भिडियोसहित )

केन्द्रबिन्दु
0
Shares

अस्ट्रेलियन एजुकेशन कन्सल्टेन्ट अलायन्स (एक्का) ले उच्च शिक्षाका लागि अस्ट्रेलिया जान चाहने विद्यार्थीहरुलाई लक्षित गरेर ‘अस्ट्रेलियन एजुकेशन फेयर २०१८’ आयोजना गर्ने भएको छ । अस्ट्रेलियाबाट संचालित एजुकेसन कन्सल्टेन्सीहरुको छाता संगठन एक्काले दोस्रो संस्करणका रुपमा आज शुक्रबार र शनिबार होटल अन्नपुर्णमा उक्त मेला आयोजना गर्न लागेको हो ।

अस्ट्रेलिया जान चाहने विद्यार्थीहरु र तिनका अभिभावकलाई अस्ट्रेलियाको शैक्षिक क्षेत्रबारे विस्तृत जानकारी दिने उद्देश्यले उक्त मेला आयोजना गर्न लागिएको एक्काका अध्यक्ष निरज श्रेष्ठले जानकारी दिए ।

अस्ट्रेलियाका राम्रा विश्वविद्यालय तथा कलेजमा अध्ययन गर्न चाहने विद्यार्थीलाई त्यहाँको रहनसहन, संस्कृतीका बारेमा सम्बन्धित परामर्श व्यवसायी तथा शिक्षालयका प्रतिनिधीले मेलामा जानकारी उपलब्ध गराउने छन् । यसका साथै शैक्षिक छात्रवृत्ति हासिल गर्न सक्ने सम्भावनाहरुका विषयमा विद्यार्थीलाई सम्पुर्ण जानकारी उपलब्ध गराइनेछ ।

आज र भोली विहान १० बजे बाट बेलुका ५ बजे सम्म शैक्षिक मेला संचालन हुनेछ । त्यस क्रममा विद्यार्थीलाई अस्ट्रेलिया जानुपुर्व र गइसकेपछि गर्ने तयारीका विषयमा विषयगत विज्ञले विस्तृत जानकारी दिनेछन् ।

एक्का अध्यक्ष श्रेष्ठका अनुसार अस्ट्रेलियामै रहेर सञ्चालित परामर्श व्यवसायीहरुको मेला भएकाले विद्यार्थीले अस्ट्रेलिया पुगेर पनि निरन्तर तिनको आवश्यक सहयोग पाउनेछन् । अध्यक्ष श्रेष्ठ भन्छन्, अस्ट्रेलिया एजुकेसनको बारेमा एक्का सदस्य व्यवसायीहरु जत्तिको विश्वासिलो र भरपर्दो अन्य शैक्षिक परामर्श व्यवसायीहरु हुन सक्दैनन् । यो जानकारी दिन पनि नेपालमा मेला आयोजना आवश्यक ठानेका हौं ।’

एउटै छाना मुनी विभिन्न विश्वविद्यालय, कलेजहरुको सहभागिता हुने भएकाले विस्तृत शैक्षिक कार्यक्रम र तिनका पाठ्यक्रमबारे विद्यार्थीले जानकारी हासिल गर्न सक्छन् । विद्यार्थीले यो मेलामा आएर वास्तविक परामर्श पाउने भएकाले अस्ट्रेलिया जाने सोचमा रहेका सम्पुर्ण विद्यार्थीलाई मेलामा सहभागि भइ दिन अध्यक्ष श्रेष्ठले अपिल गरेका छन् । उक्त मेलामा ५ हजार विद्यार्थी सहभागि हुने अपेक्षा आयोजकले राखेको छ ।

मेलामा २२ वटा अस्ट्रेलियन एजुकेसन कन्सल्टेन्सि, सात वटा अस्ट्रेलियन कलेजको सहभागिता रहनेछ । यस्तै केहि विश्वविद्यालयका प्रतिनिधीहरु सहभागी हुनेछन् । मेलामा विद्यार्थी तथा अभिभावकहरुले विश्वविद्यालय, कलेज र कन्सल्टेन्सिका प्रतिनिधी सँग सबै विषयमा खुलेर परामर्श लिन सक्नेछन् । अध्यक्ष श्रेष्ठले थपे –‘विद्यार्थी र शैक्षिक परामर्श व्यवसायी बीच अस्ट्रेलियन शिक्षाका बारेमा जानकारी आदानप्रदान गर्ने उद्देश्यले यो मेला आयोजना गरिएको हो ।’ हेरौं भिडियोमा :

 

 

Logo