काठमाडौँ

बर्दियास्थित गुराँस माविका एक छात्राले २०७४ को एसइर्ई परीक्षामा सबै विषयको सैद्धान्तिक (लिखित) तर्फ न्यून ग्रेड प्राप्त गरे पनि उनले तिनै विषयमा प्राक्टिकलतर्फ ए प्लस पाएकी छिन् । "/>

ग्रेडिङले खस्कियो एसइई गुणस्तर : लिखितमा ५ अंक ल्याए पनि स्तरवृद्धि !

ग्रेडिङले खस्कियो एसइई गुणस्तर : लिखितमा ५ अंक ल्याए पनि स्तरवृद्धि !

केन्द्रबिन्दु
0
Shares

काठमाडौँ

बर्दियास्थित गुराँस माविका एक छात्राले २०७४ को एसइर्ई परीक्षामा सबै विषयको सैद्धान्तिक (लिखित) तर्फ न्यून ग्रेड प्राप्त गरे पनि उनले तिनै विषयमा प्राक्टिकलतर्फ ए प्लस पाएकी छिन् ।

उनको ग्रेडसिटमा सैद्धान्तिकतर्फ अंग्रेजीमा डी प्लस, नेपालीमा सी, गणितमा ई, विज्ञानमा ई, सामाजिकमा डी प्लस, स्वास्थ्य जनसंख्या तथा वातावरणमा डि प्लस छ । तर ती सबै विषयका प्राक्टिकलमा उनले ए प्लस ल्याएकी छिन् । यस्तै उनले ऐच्छिक अर्थशास्त्रमा सैद्धान्तिकतर्फ डी प्लस र शिक्षामा सी ग्रेड प्राप्त गरेकी छिन् । शिक्षाको प्राक्टिकलतर्फ पनि ए प्लस नै पाएकी छिन् । अनिवार्य गणित र अर्थशास्त्रमा भने प्राक्टिकलको व्यवस्था छैन ।

रुकुमको जनकल्याण माविका एक विद्यार्थीले सैद्धान्तिकतर्फ अंग्रेजीमा ई, नेपालीमा सी प्लस, गणितमा डी, विज्ञानमा सी, सामाजिकमा बी, स्वास्थ्य जनसंख्या तथा वातावरणमा बी ग्रेड पाएका छन् । तर तिनै छात्रले प्राक्टिकलतर्फ गणित बाहेक सबैमा ए र ए प्लस ग्रेड प्राप्त गरेका छन् । सैद्धान्तिकमा न्यून ग्रेड ल्याए पनि प्राक्टिकलमा पाएको ग्रेडका आधारमा उनीहरूले कक्षा ११ मा भर्ना हुन पाएका छन् ।

यी दुई विद्यार्थीको एसइई नतिजा उदाहरण मात्र हो । सरकारले ग्रेडिङ प्रणाली सही तरिकाले प्रयोगमा ल्याउन नसक्दा विद्यार्थीको सिकाइ उपलब्धि स्तर झन् खस्कँदै गएको शिक्षाविद्हरूको तर्क छ । यसले गर्दा ग्रेडिङ प्रणालीले समग्र शैक्षिक क्षेत्रलाई उल्टो गतितिर लैजाने चिन्ता उनीहरूले व्यक्त गरेका छन् ।

‘लिखित परीक्षामा ५ नम्बर ल्याए पनि विद्यार्थी यस वर्ष देखि उच्च शिक्षा हासिल गर्न योग्य भएका छन् । ‘प्राक्टिकलमा २५ नम्बर पूरा पाउने भएपछि कुल ३० नम्बर हुनासाथ विद्यार्थीको फाइनल ग्रेड डी र डी प्लस भन्दा माथि पुगिहाल्छ ।

एसइई ग्रेडसिटमा थ्योरी र प्राक्टिकलमा विद्यार्थीले पाएको ग्रेड जोडेर फाइनल ग्रेड निर्धारण गरिन्छ । थ्योरी अर्थात् सैद्धान्तिकमा पाउने ग्रेड विद्यार्थीले परीक्षामा सहभागी भएर उत्तरपुस्तिकामा लेखेबापत पाउने अंकका आधारमा निर्धारण गरिन्छ भने प्राक्टिकलमा पाउने ग्रेड विद्यालय वा सम्बन्धित विषय शिक्षकले आफूखुसी दिने अंकका आधारमा निर्धारण गरिन्छ ।
परीक्षा नियन्त्रण कार्यालयका उपनियन्त्रक रामराज खकुरेलले भने, ‘पनिकाले प्रकाशित गरेको नतिजा अनुसार सैद्धान्तिक परीक्षामा प्राप्त गर्ने विद्यार्थीले तिनै विषयको प्राक्टिकलमा ए र ए प्लस ल्याएका छन् । यसले विद्यार्थीलाई नलेखे पनि सहजै उच्चशिक्षाको बाटो खोलिदिएको छ ।’ विद्यार्थी मूल्यांकनको यस्तो प्रणालीले समग्र शिक्षाको स्तर खस्कउने उनको विश्लेषण छ ।
नागरिकबाट

Logo