काठमाडौँ

त्रिभुवन विश्वविद्यालयको लापरबाहीले सयौँ विद्यार्थीको भविष्य माथि खेलबाड भएको छ । "/>

ट्रान्सक्रिप्ट लगेको एक वर्षपछि फेल !

ट्रान्सक्रिप्ट लगेको एक वर्षपछि फेल !

केन्द्रबिन्दु
0
Shares

काठमाडौँ

त्रिभुवन विश्वविद्यालयको लापरबाहीले सयौँ विद्यार्थीको भविष्य माथि खेलबाड भएको छ । त्रिविले सुरुमा स्नातकोत्तर तहमा जिपिए २.७ ल्याउनेलाई पास भएको ट्रान्सक्रिप्ट दिएको थियो । केही विद्यार्थी त्यसकै आधारमा छात्रवृत्तिमा विदेशमा पढिरहेका छन् । तर अहिले जिपिए ३.० भन्दा कम ल्याउने विद्यार्थीलाई फेल भएको भन्दै त्रिविले ट्रान्सक्रिप्ट दिन रोकेपछि सयौँ विद्यार्थी आक्रोशित बनेका छन् । जबकि उनीहरूसँग प्रत्येक सेमेस्टरमा पास भएको ग्रेडसिट छ ।

परीक्षा सम्बन्धी त्रिविले तयार पारेको कार्यविधिबारे विद्यार्थी, प्राध्यापक देखि परीक्षा नियन्त्रण कार्यालयसम्म बेखबर रहेका कारण यस्तो झमेला आएको हो । कार्यविधिमा विषयगत रूपमा पास हुन जिपिए २.७, तर औसतमा उपाधि पाउन जिपिए ३.० ल्याउनु पर्ने व्यवस्था छ । स्रोतका अनुसार सेमेस्टर सुरु हुँदा कार्यविधि नबनेको र पढाइ सुरु भएपछि बनेको कार्यविधिमा त्रिविका प्राध्यापक तथा विद्यार्थी बेखबर भएका हुन् ।

त्रिवि डिन कार्यालयले स्नातकोत्तर तहमा प्रत्येक विषयमा जिपिए २.७ ल्याउनेलाई विषयगत रूपमा उत्तीर्ण भएको ग्रेडसिट दिएको थियो । पहिलो पटक नौ महिना पहिले कुल जिपिए २.७ ल्याउने विद्यार्थीलाई समेत ट्रान्सक्रिप्ट जारी गरेको थियो ।

परीक्षा नियन्त्रक जोशीले पत्रकारिता लगायत विषयमा नौ महिना देखि नै ट्रान्सक्रिप्ट जारी भएको र अहिले डिन कार्यालयबाट पास हुन कुल जिपिए ३.० ल्याउनुपर्ने जानकारी आएपछि रोकेको बताए । जिपिए २.७ ल्याउनेले समेत यसअघि नै ट्रान्सक्रिप्ट लगिसकेका छन् । त्रिविले जारी गरेका ट्रान्सक्रिप्टमा हातैले फेल लेखेको छ । फेल भएको विद्यार्थीलाई ट्रान्सक्रिप्ट जारी नै गर्न मिल्दैन । तर पनिकाले जारी गरेको ट्रान्सक्रिप्टमा समेत ‘यो फेल छ’ लेखेको पाइएको छ ।
नयाँ पत्रिकाबाट

Logo