काठमाडौं

आज आधारशिला क्याम्पस नयाँबजार काठमाण्डौले आयोजना गरेको राष्ट्रव्यापी निबन्ध प्रतियोगितामा नेपाल राष्ट्रिय माध्यामिक विद्यालय काठमाण्डौमा कक्षा १२ मा अध्ययनरत बिनिता रिमाल प्रथम भएकी छिन् । "/>

आधारशिला कलेजमा राष्ट्रव्यापी निबन्ध लेखन प्रतियोगिता सम्पन्न

आधारशिला कलेजमा राष्ट्रव्यापी निबन्ध लेखन प्रतियोगिता सम्पन्न

केन्द्रबिन्दु
0
Shares

काठमाडौं

आज आधारशिला क्याम्पस नयाँबजार काठमाण्डौले आयोजना गरेको राष्ट्रव्यापी निबन्ध प्रतियोगितामा नेपाल राष्ट्रिय माध्यामिक विद्यालय काठमाण्डौमा कक्षा १२ मा अध्ययनरत बिनिता रिमाल प्रथम भएकी छिन् । बैदेशिक रोजगार र बौद्धिक पलायन भन्ने शिर्षकमा भएको निबन्ध लेखन प्रतियोगितामा संस्कृत मावि गोरखामा कक्षा १२ मा अध्ययनरत सुमिता लामिछाने दोस्रो र नेपाल प्रहरी विद्यालय काभ्रेमा कक्षा १२ नै पढ्ने अस्मिता कार्की तेस्रो भएकी छिन् । त्यस्तै अक्सर्फोड माध्यामिक विद्यालय काठमाण्डौका निर्मल रेग्मि तथा मण्डली मावि धादिङ ठूलखर्कमा अध्ययरत युनिता आलेमगरले चौथो स्थान हासिल गरे ।

निबन्ध लेखन प्रतियोगितामा २४ जना विद्यार्थी सहभागी थिए । आधारशिला क्याम्पसमा नियमित रुपमा हुने साहित्यिक श्रृङखला अन्र्तगत राष्ट्रिय निबन्ध लेखन प्रतियोगिता आयोजना गरिएको आधारशिला साहित्य विभागकी अध्यक्ष कौशिला रिसालले जानकारी दिइन् । विद्यार्थीहरुलाई साहित्यमा सक्रिय बनाई उनीहरुलाई साहित्य लेखनमा रुची जगाउन तथा नव प्रतिभाहरुको खोजी गर्न निबन्ध लेखन प्रतियोगिताको आयोजना गरिएको अध्यक्ष रिसालले बताइन् । आधारशिला क्याम्पसका प्रवन्ध निर्देशक रमेश पौडेलले पढाई मात्रै नभई विद्यार्थीलाई सृजनशिल बनाउन तथा उनीहरुको लेखन क्षमता विकास गराउनको लागि प्रतियोगिताको आयोजना गरिएको बताए ।

कार्यक्रममा डा पुष्करराज भट्ट, प्राध्यापक छायादत्त न्यौपाने र नरेन्द्र नगरकोटीले निर्णायकको भूमिका निर्वाह गरेका थिए । प्रतियोगितामा प्रथम हुनेले १० हजार, दोस्रो हुनेले ७ हजार, तेस्रो हुनेले ५ हजार तथा सान्त्वनाले १ हजार ५ सय नगद सहित प्रमाणपत्र प्रदान गरिएको क्याम्पस प्रमुख समिर सिंहले जानकारी दिए ।

Logo