काठमाडौँ

सरकारलाई वर्षौं देखि टाउको दुखाइको विषय बनेको विद्यालय तहका अस्थायी शिक्षकको समस्या यसवर्ष देखि पूर्ण रूपमा समाधान हुने भएको छ । "/>

यस वर्ष देखि सबै विद्यालयबाट अस्थायी शिक्षक हट्ने

यस वर्ष देखि सबै विद्यालयबाट अस्थायी शिक्षक हट्ने

केन्द्रबिन्दु
0
Shares

काठमाडौँ

सरकारलाई वर्षौं देखि टाउको दुखाइको विषय बनेको विद्यालय तहका अस्थायी शिक्षकको समस्या यसवर्ष देखि पूर्ण रूपमा समाधान हुने भएको छ । अस्थायी शिक्षकको समस्या समाधान भएसँगै विद्यालय शिक्षाको हालको सिकाइ स्तर उकासिने शिक्षा मन्त्रालयको विश्वास छ ।

अहिले सार्वजनिक विद्यालयमा शिक्षकको दरबन्दी एक लाख सात हजार छ । यसमध्ये करिब ७० हजार शिक्षक मात्र दरबन्दीमा कार्यरत छन् । अन्य शिक्षक अस्थायी दरबन्दीमा कार्यरत छन् । अस्थायी दरबन्दीमा कार्यरतलाई प्रक्रिया पु¥याएर स्थायी गरिनु पर्ने, सेवाको सुनिश्चितता गरिनु पर्ने लगायत माग राख्दै शिक्षक आन्दोलनमा थिए ।

जसका कारण विद्यालय तहको पढाइ समेत प्रत्यक्ष रूपमा प्रभावित भएको थियो । सेवाको सुनिश्चितता नभएका कारण शिक्षकले पढाइमा समेत ध्यान दिन सकेका थिएनन् । माग पूरा गराउन उनीहरूले राजधानी तथा जिल्ला केन्द्रित आन्दोलन सञ्चालन गर्दा विद्यालयको पढाइ लथालिंग बनेको थियो ।

यस्ता शिक्षकलाई आन्तरिक प्रतिस्पर्धाबाट स्थायी गराउन शिक्षक सेवा आयोगले परीक्षा समेत सञ्चालन गरिसकेको छ । विद्यालयलाई अस्थायी शिक्षकमुक्त बनाउन परीक्षा अत्यन्त फलदायी हुने आयोगका प्रशासकीय अधिकृत सहसचिव डा तुलसी थपलियाले बताए । ‘कुन मोडलबाट परीक्षा लिने, कस्ता शिक्षकलाई परीक्षामा सहभागी गराउने लगायत विषय जटिल थिए । यसबारे शिक्षकको हकहितका लागि क्रियाशील संस्थाबीच पनि एकमत थिएन’, उनले भने, ‘तर सबै पक्षलाई सकेसम्म सहमत गराएर परीक्षा सञ्चालन गरेका छौं । यो परीक्षाको नतिजा प्रकाशन भएपछि आयोग र मुलुकलाई पनि ठूलो राहत मिल्नेछ ।’

गत असार २९ र ३० गते सञ्चालित परीक्षामा अस्थायी दरबन्दी कायम रहेका २२ हजार ७९ पदका लागि अस्थायी शिक्षकबीच प्रतिस्पर्धा भएको छ । शिक्षकका फरकफरक समूहले फरकफरक माग राख्दै आन्दोलन गरेका कारण आयोगले यसअघि चार पटक सम्म अस्थायी शिक्षकलाई आन्तरिक प्रतिस्पर्धा गराउन परीक्षाको मिति तोकेर पनि स्थगित गरेको थियो ।
अन्नपूर्णबाट

Logo