कुन्तावेसी, काभ्रे

काभ्रे मण्डनदेउपुर नगरपालिका वडा नं ९ विरुवाका गणेशप्रसाद नेपाल एक सामान्य परिवारमा जन्मी हुर्केका मानिस हुन् । "/>

काभ्रेको मण्डनदेउपुरका नेपालद्वारा विद्यालयलाई १ लाख ११ हजारको अक्षय कोष र गुरुलाई सम्मान : सन्दर्भ गुरु पूर्णिमा

काभ्रेको मण्डनदेउपुरका नेपालद्वारा विद्यालयलाई १ लाख ११ हजारको अक्षय कोष र गुरुलाई सम्मान : सन्दर्भ गुरु पूर्णिमा

केन्द्रबिन्दु
0
Shares

कुन्तावेसी, काभ्रे

काभ्रे मण्डनदेउपुर नगरपालिका वडा नं ९ विरुवाका गणेशप्रसाद नेपाल एक सामान्य परिवारमा जन्मी हुर्केका मानिस हुन् । उनको आफ्नो बाल्यकालको शिक्षा तत्कालिन महादेवस्थान गाविस–८ स्थित श्री राधाकृष्ण घनश्याम प्राथमिक विद्यालय मण्डन पौवाबाट प्रारम्भ भएको थियो । अत्यन्तै मिहेनत र दुःखका साथ राधाकृष्ण र घनश्याम भन्ने २ जना तत्कालिन समाजसेवीको नामबाट स्थापना भएको उक्त विद्यालयमा उनका स्वर्गिय पिताको पनि महत्वपूर्ण देन रहेकोमा हाल आधारभूत तहको पठन पाठन हुँदै आएको छ ।

पूर्खाको मिहेनतबाट त्यसरी स्थापना भएको नगरकै पूरानो विद्यालयको रुपमा चिनिने उक्त विद्यालयमा हाल कक्षा ८ सम्मको पठन पाठन हुँदा उनको मनमा खुसी नहुने त कुरै भएन । त्यस समयमा उनलाई शिक्षकद्वय चुडामणी नेपाल र हरिकृष्ण श्रेष्ठले कखरा गराएका थिए । नेपालले विद्यालय स्थापनाको समयमा आफ्नो पिताले खेलेको भूमिकालाई सम्झँदै विद्यालयलाई र आफूलाई कखरा सिकाउनु हुने शिक्षकद्वयलाई सम्झँदै पिताको वार्षिक पुण्य तिथीका दिन विद्यालयको लागि पिता भोज प्रसाद नेपाल र माता जमुनादेवी नेपालको संयुक्त नामबाट “भोजप्रसाद जमुनादेवी फाउण्डेशन” को नाममा १ लाख ११ हजार १ सय ११ रुपैयाँको अक्षयकोष स्थापना गरेका छन् भने शिक्षकहरुलाई दोसल्ला र प्रमाण–पत्रद्वारा सम्मानित गरेका छन् ।

मण्डनदेउपुर नगरपालिकाका नगर प्रमुख टोकबहादुर वाइबा, उप–प्रमुख निर्मला शाही, वडाध्यक्षहरु जित बहादुर तामाङ, झलकप्रसाद पौडेल, नारायण प्रसाद लम्साल लगायत समाजका विभिन्न लब्धप्रतिष्ठित व्यक्तिहरुको उपस्थितिमा भएको वार्षिकी कार्यक्रममा स्थानीयहरुको उल्लेख्य उपस्थिति रहेको थियो । चाडपर्व, रिती रिवाज र संस्कृतिको जगेर्ना गर्न र यसलाई समय सापेक्ष बनाउनको लागि समाजमा विभिन्न खाले परिवर्तन उन्मुख कामहरुको थालनी गरिनु जरुरी भएकाले आफूले यस किसिमको कामको शुरुवात गरेको नेपालले बताए ।

‘हिजोआज शिक्षक र विद्यार्थी बिचको सम्वन्ध, विद्यार्थीले शिक्षकलाई गर्ने व्यवहार लगायतका विषयहरुमा केहि संकुचित भावनाको विकास हुन लागेकोले यसलाई निरुत्साहित गर्न पनि समाजमा परिवर्तन आवश्यक छ ‘ , गणेश प्रसाद भन्छन् – “पहिलो शिक्षा घर परिवारबाट र त्यसपछिको शिक्षा शिक्षकहरुबाट प्राप्त हुने भएकोले जसरी आफ्ना स्व. आफन्तजनहरुलाई सम्झिने गरिन्छ त्यसरी नै गुरु अर्थात शिक्षकलाईपनि सम्मान गर्नु जरुरी ठानेर मैले सानो अभ्यासको शुरुवात गरेको हुँ ।” उनको यस किसिमको कामको अहिले नगरपालिकामा निकै चर्चा भएको स्थानियहरुले बताए ।

Logo