१२ औँ ईक्यान शैक्षिक मेला काठमाडौंमा जारी छ । ४ सय भन्दा धेरै कन्सलटेन्सीहरु यस मेलामा सहभागि छन् । ६ आइतबारसम्म चल्ने यस मेलामा बिभिन्न कन्सलटेन्सीहरुबाट विदेश अध्ययन गर्न जानका लागि शैक्षिक परमर्श लिन सकिने छ । "/>

उच्च शिक्षा अध्ययनका लागि भारतमा किन जाने ?

उच्च शिक्षा अध्ययनका लागि भारतमा किन जाने ?

केन्द्रबिन्दु
0
Shares

१२ औँ ईक्यान शैक्षिक मेला काठमाडौंमा जारी छ । ४ सय भन्दा धेरै कन्सलटेन्सीहरु यस मेलामा सहभागि छन् । ६ आइतबारसम्म चल्ने यस मेलामा बिभिन्न कन्सलटेन्सीहरुबाट विदेश अध्ययन गर्न जानका लागि शैक्षिक परमर्श लिन सकिने छ । विशेष गरेर विदेशमा अध्ययन अध्यापन गर्न चाहाने विद्यार्थीहरुका लागि मेला लाभदायिक छ ।

अहिले धेरै विद्यार्थीहरु अमेरिका, क्यानडा, अष्टेलिया र युरोपियन देशमा जाने गरेका छन् । त्यसो त छिमेकी मुलुक भारतमा पनि नेपाली विद्यर्थीहरु अध्ययनका लागि जाने गरेका छन्। भारतले नेपाली विद्यार्थीहरुका लागि के कस्ता सुविधाहरु उपलब्ध गराएको छ ?

भारतामा नेपाली विद्यार्थीहरुले पढ्न जानका लागि केकस्ता आधारहरु तयार गरेको छ ? नेपाली विद्यार्थीहरुलाई कुन कुन कोर्सहरुमा भारतले अवाईलेवल गरेको छ ? साथै कुन विषय नेपाली विद्यार्थीहरुले भारतामा गएर धेरुै पढ्ने गरेका छन् ? इक्यान मेलाबाट भारतमा अध्ययन गर्न चाहाने विद्यार्थीहरुले कसरी सहयोग पाउँछन् ?

त्यसो त भारतमा अध्ययनका लागि जाने विद्यार्थीहरुलाई भाषाको समस्या हुँदैन् । नेपाली संस्कृति र रहनसहन पनि भारतसँग मिल्दोजुल्दो भएकाले पनि त्यती धेरै ठूलो समस्या नहुने कन्सल्टेन्सीहरु बताउँछन् ।

भारतमा अध्ययना लागि जाँदा सस्तो छ सुलभ छ । भारतले नेपाली विद्यार्थीहरुका लागि २० प्रतिशत छात्रबृतिको व्यवस्था गरेको छ । युरोपियन देशका साथै अमेरिका, अष्टेलिया र क्यानडा जस्ता देशहरुको भन्दा भारतमा सस्तो र उच्च शिक्षा हासिल गर्न सकिने कन्सलटेन्सीका सञ्चालकहरु बताउँछन् ।

भारतले नेपाली विद्यार्थीहरुलाई अन्य अन्य क्षेत्रहरुबाट पनि धेरै सहयोग गरेको छ । शिक्षामा मात्र नभएर अन्य क्षेत्रमा पनि भारतले नेपाललाई धेरै सहयोग गरेको छ । भारतले नेपाललाई गरेको सहयोग र समर्थनले गर्दा नेपालबाट उच्च शिक्षालिन चाहाने विद्यार्थीहरु धेरै रहेको उनीहरुको भनाइ रहेको छ । नेपालबाट भारत उच्च शिक्षाका लागि जान चाहाने विद्यार्थीहरुले भारतामा गएर नर्सिँग, म्यानेजमेन्ट, इन्जिनियर जस्ता कोर्सहरुमा पढ्न पाउने छन् ।

वाइड् रेन्ज कन्सलटेन्सी, श्री विद्या निकेतन एजुकेशन टष्ट, जेबि इन्स्ट्युट् एण्ड टेक्नोलोजि, रोयल कन्सलटेन्सी र क्यामरिन कन्सलटेन्सीहरुले नेपालबाट उच्च शिक्षा अध्ययननका लागि विद्यार्थीहरुलाई भारत पठाउँदै आएका छन् ।

Logo