काठमाडौं ।

बिहीबारबाट सुरु भएको १२ औं इक्यान मेलाको आज दोस्रो दिन हजारौं अभिभावक तथा विद्यार्थींहरुले अवलोकन गरेका छन् । "/>

१२ औं इक्यान मेलाको रोचक तथ्य भाग २ (भिडियोसहित)

१२ औं इक्यान मेलाको रोचक तथ्य भाग २ (भिडियोसहित)

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

बिहीबारबाट सुरु भएको १२ औं इक्यान मेलाको आज दोस्रो दिन हजारौं अभिभावक तथा विद्यार्थींहरुले अवलोकन गरेका छन् । उच्च शिक्षा अध्ययनका लागि विदेशमा जान चाहाने विद्यार्थीहरुलाई परामर्श दिने उद्देश्यले बिहीबारदेखि काठमाडौंमा बृहत शैक्षिक मेला सुरु भएको हो । 

नेपाल शैक्षिक परामर्श संघ (इक्यान) को आयोजना सुरु भएको मेलामा २२६ वटा स्टल राखिएको छ । साउन ६ गते सम्म सञ्चालन हुने उक्त मेलामा विद्यार्थी, अभिभावक तथा अन्य सरोकारवालाले अन्तर्रा्ष्ट्रिय शिक्षा सम्बन्धि सहि जानकारी र परामर्श पाउने छन् ।

मेलामा ईक्यानका सदस्य संस्थाका शैक्षिक परामर्श व्यवसायीहरु, स्वदेशी तथा विदेशी शैक्षिक संस्थाहरु तथा भारत, चीन, बंगलादेश, श्रीलंका, जापान, फ्रान्स, अमेरीका, बेलायत, न्युजील्याण्ड, अष्ट्रेलिया, नर्वे, फिनल्याण्ड, मलेसिया, जर्मन, डेनमार्क, साईप्रस लगायत देशका कलेज तथा विश्वविद्यालयका आधिकारीक प्रतिनिधिहरुको सहभागीता रहेको इक्यानका अध्यक्ष विष्णुहरी पाण्डेले जानकारी दिए ।

विदेशका विभिन्न विश्वविद्यालयहरुका बारेमा जान्न उत्सुक विद्यार्थीहरुका लागि लक्षित यस मेलामा प्रवेश निःशूल्क गरिएको छ । यस मेलामा निलगिरि डेन्टल प्रा. लि.बाट निःशुल्क डेन्टल क्याम्प, मनमोहन मेमोरियल अस्पतालबाट निशुल्क प्राथमिक उपचार केन्द्र एवम नेपाल रेडक्रस सोसाइटीबाट रक्तदान कार्यक्रम सञ्चालन भईरहेको छ ।

दोस्रो दिनको मेलामा नायक प्रदीप खड्काले पनि अवलोकन गरेका थिए ।

Logo