काठमाडौँ

नयाँ वर्षको अवसरमा आयोजित रारा महोत्सव उद्घाटन गर्न मुगु पुगेका प्रधानमन्त्रीसँग मन्त्री, मुख्यमन्त्री र नेताहरूको लावालस्कर थियो । "/>

मन्त्री र मुख्यमन्त्रीले नै भर्ना गरेका बालबालिका विद्यालय जाँदैनन् !

मन्त्री र मुख्यमन्त्रीले नै भर्ना गरेका बालबालिका विद्यालय जाँदैनन् !

केन्द्रबिन्दु
0
Shares

काठमाडौँ

नयाँ वर्षको अवसरमा आयोजित रारा महोत्सव उद्घाटन गर्न मुगु पुगेका प्रधानमन्त्रीसँग मन्त्री, मुख्यमन्त्री र नेताहरूको लावालस्कर थियो । प्रधानमन्त्रीले स्थानीय ठिन्ले स्याङ्हु तामाङलाई र श्रीमती राधिका शाक्यले स्थानीय छिरिङ छेम्जोङ लामालाई स्थानीय बुद्ध माविमा कक्षा १ मा भर्ना गराएका थिए । दुवै विद्यार्थीले अहिले पढिरहेका छन् ।

तर प्रधानमन्त्रीको टोली काठमाडौं फर्किएपछि अभिभावक र विद्यालयसँग कुनै सम्पर्क छैन । ‘दुवै बालकले नियमित कक्षा लिइरहेका छन्, तर उनीहरूको विषयमा कहीँ कतैबाट सोधपुछ भएको छैन,’ प्रधानाध्यापक गंगाराम जिसीले भने । उद्घाटन कार्यक्रममै शिक्षामन्त्री गिरिराजमणि पोखरेलले स्थानीय बालक कर्मा यान्जिन लामालाई कक्षा १ मा भर्ना गराएका थिए । तर ती विद्यार्थी भर्नाको दिन देखि अहिले सम्म सम्पर्कमा छैनन् ।

‘मन्त्रीज्यूहरूको टोली काठमाडौं लाग्यो, बच्चाको टोली घरतिर लाग्यो । त्यसपछि दुवैतिरबाट विद्यालयमा सम्पर्क भएको छैन,’ प्रधानाध्यापक जिसीले भने । सरकारले दुई लाख ५३ हजार बालबालिका भर्ना गरेको दाबी गरेको छ, तर उनीहरू विद्यालय आए कि आएनन् भन्ने अनुगमन छैन । स्वयम् शिक्षामन्त्रीले भर्ना गरेका विद्यार्थी विद्यालय नजाँदा समेत अनुगमन नभएकाले भर्ना अभियान ‘सस्तो लोकप्रियता’मा सीमित भएको हो कि भन्ने प्रश्न उठेको छ ।

प्रदेश २ का मुख्यमन्त्री मोहम्मद लालबाबु राउतले पर्साका २ तथा सिरहा र धनुषाका एक,एक गरी चार बालबालिकाको अभिभावकत्व ग्रहण गर्ने घोषणा गरेका थिए । तर, अहिले उनी तीन बालबालिकाको मात्रै अभिभावकत्व लिएको दाबी गर्छन् । धनुषाको मिथिलाबिहारी नगरपालिका–५ परती टोलकी पाँच वर्षीया राधिका दासलाई मुख्यमन्त्री राउतले बिर्सिएका छन् ।

६० हजार बालबालिका अझै विद्यालय बाहिर

यस वर्ष सञ्चालन गरेको भर्ना अभियानले दुई लाख ५३ हजार बालबालिका विद्यालय पुगेको दाबी सरकारको छ । अझै ६० हजार बालबालिका विद्यालय बाहिर छन् । भर्ना भएका बालबालिका नियमित विद्यालय गए नगएको अनुगमन हुन सकेको छैन । यस आर्थिक वर्षको शैक्षिक सत्र सुरु हुँदा सम्म नेपालमा आधारभूत तह (कक्षा १–८) सम्म विद्यालय उमेरका तीन लाख १३ हजार विद्यार्थी विद्यालय बाहिर थिए । १ वैशाखमा प्रधानमन्त्री केपी ओलीले मुगुका एक बालकलाई विद्यालय भर्ना गरेर अभियान सुरु गरेका थिए । प्रधानमन्त्रीसँगै मन्त्री, सांसद र नेताहरूले अभिभावकत्व लिएर भर्ना अभियान अगाडि बढाएका थिए ।
नयाँ पत्रिकाबाट

Logo