काठमाडौं । नेपाल शैक्षिक परामर्श संघ (ईक्यान) ले १२ औं बृहत शैक्षिक मेलाको आयोजना गर्ने भएको हो । आगामी श्रावण ३ देखि ६ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा आयोजना हुने मेलामा ३ सय २८ वटा स्टलहरु रहनेछन् । "/>

विद्यार्थीको लागी लाभदायी ‘इक्यान एजुकेशनल फेयर’ (भिडयोसहित)

विद्यार्थीको लागी लाभदायी ‘इक्यान एजुकेशनल फेयर’ (भिडयोसहित)

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । नेपाल शैक्षिक परामर्श संघ (ईक्यान) ले १२ औं बृहत शैक्षिक मेलाको आयोजना गर्ने भएको हो । आगामी श्रावण ३ देखि ६ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा आयोजना हुने मेलामा ३ सय २८ वटा स्टलहरु रहनेछन् ।

मेलामा ईक्यानका सदस्य संस्थाका शैक्षिक परामर्श व्यवसायीहरु, स्वदेशी तथा विदेशी शैक्षिक संस्थाहरु तथा भारत, चीन, बंगलादेश, श्रीलंका, जापान, फ्रान्स, अमेरिका, बेलायत, न्यूजिल्याण्ड, अष्ट्रेलिया, नर्बे, फिनल्याण्ड, मलेसिया, जमर्न, डेनमार्क, साईप्रस लगायत देशका कलेज तथा विश्वविद्यालयका आधिकारिक प्रतिनिधिहरुको सहभागीता रहनेछ ।

नेपाली विद्यार्थीहरुलाई स्वदेशी एवं विदेशी शिक्षा प्रणाली तथा प्राप्त योग्यताको भावी सम्भावना एवं अवसरहरु जस्ता विषयमा पर्याप्त सूचना प्रवाह गर्नुका साथै स्वदेशी तथा विदेशी शैक्षिक संस्थाहरु, विश्वविद्यालयहरु र त्यहाँ प्राप्त हुनसक्ने छात्रवृति सुविधा एवं गुणस्तरिय शिक्षामा नेपाली विद्यार्थीहरुको समुचित पहुचको लागि परामर्श सेवा प्रदान गर्ने मेलाको प्रमुख उद्देश्य रहेको छ ।

ईंग्ल्याण्डको संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्र्तगत यस मेलामा चारै दिन रक्तदान कार्यक्रमको संगसँगै प्राथमिक उपचार तथा डेन्टल क्याम्प पनि आयोजना गरिनेछ ।

मेलामा वैदेशिक अध्ययनमा जाने हरेक विद्यार्थी तथा तिनका अभिभावकहरुको लागि अन्तर्राष्ट्रिय शैक्षिक क्षेत्रमा विभिन्न देशका शिक्षा नीतिहरु, नीतिमा आएका परिवर्तनहरु, रहनसहन, हावापानी, वातावरण, कलेज एवं देशअनुसारको शुल्क तथा विदेश अध्ययनका लागी चाहिने सबै विषयवस्तुमा यर्थात जानकारी लिन सकिनेछ ।

Logo