काठमाडौं

नेपाल विद्यार्थी संघले माध्यमिक शिक्षा परिक्षा (एसइई) को नतिजामा लापरबाही गर्नेलाई निलम्बन गर्न सरकारसँग माग गरेको छ । "/>

एसईई नतिजामा लापर्वाही गर्नेलाई निलम्बन गर्न नेविसंघको माग

एसईई नतिजामा लापर्वाही गर्नेलाई निलम्बन गर्न नेविसंघको माग

केन्द्रबिन्दु
0
Shares

काठमाडौं

नेपाल विद्यार्थी संघले माध्यमिक शिक्षा परिक्षा (एसइई) को नतिजामा लापरबाही गर्नेलाई निलम्बन गर्न सरकारसँग माग गरेको छ । बुधबार शिक्षा विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेललाई ज्ञापनपत्र बुझाउँदै नेविसंघले एसइई परिक्षाको नतिजामा लापरबाही भएको भन्दै राष्ट्रिय परिक्षा बोर्डका पदाधिकारी तथा कर्मचारीलाई निलम्बन सहित कडा कार्वाहीको माग गरेको हो ।

नेविसंघ उपाध्यक्ष रामप्रसाद अधिकारीले एसइई परिक्षाको नतिजामा लापरबाही गर्ने बोर्डका पदाधिकारीलाई निलम्बन सहितको कार्वाही तत्काल गर्न मन्त्री पोखरेलसँग माग गरिएको बताए । गत शनिवार भएको एसइईको नतिजा त्रुटिपूर्ण रहेको भन्दै बोर्डको सर्वत्र विरोध भइरहेको छ भने बोर्डले समेत गल्ती भएको स्वीकार गरेको छ । केन्द्रिय सदस्य शुशिल भट्टले त्रुटी भएको स्वीकार गरिसक्दा समेत सरकारले कार्वाहीमा चासो नदेखाएकाले नेविसंघले विभागीय मन्त्रीको ध्यानाकर्षण गराएको जानकारी दिए ।

भेटमा मन्त्री पोखरेलले एसइई परिक्षाको नतिजामा त्रुटि भएको भन्ने विषयलाई गम्भिरतापूर्वक छानवीन गरी आवश्यक कार्वाही गर्ने आश्वासन दिए । सरकारले सो सम्बन्धमा यथार्थ पत्ता लगाउन छानवीन समिति नै गठन गरेको छ । मन्त्री पोखरेलले सरकारले माध्यमिक तह र विश्वविद्यालय तहको पाठयक्रमको प्रारुप निर्माण कार्यलाई अघि बढाएको उल्लेख गर्दै त्यसमा सरोकारवालाहरू सबैको सुझाव लिने प्रतिवद्धता पनि व्यक्त गरे ।
राजधानीबाट

Logo