काठमाडौं

एसईई नतिजा प्रकाशनमा परीक्षा नियन्त्रण कार्यालयको त्रुटिले समग्र नतिजा नै परिवर्तन भएको छ । "/>

परीक्षा नियन्त्रण कार्यालयको त्रुटिले ९ हजार विद्यार्थीको नतिजा थपघट !

परीक्षा नियन्त्रण कार्यालयको त्रुटिले ९ हजार विद्यार्थीको नतिजा थपघट !

केन्द्रबिन्दु
0
Shares

काठमाडौं

एसईई नतिजा प्रकाशनमा परीक्षा नियन्त्रण कार्यालयको त्रुटिले समग्र नतिजा नै परिवर्तन भएको छ । त्रुटि पत्ता लगाएपछि ९ हजार ६४ विद्यार्थीको ग्रेडसिटमा जीपीए थपघट भएको छ ।

३.६५ देखि ४.० जीपीए, ३.२५ देखि ३.६० र २.८५ देखि ३.२० जीपीए प्राप्त गर्ने विद्यार्थीको नतिजामा फेरबदल आएको परीक्षा नियन्त्रण कार्यालयले दाबी गरेको छ । पहिलो दिन नतिजा प्रकाशन गर्दा ३.६५ देखि ४.० जीपीए प्राप्त गर्ने विद्यार्थीको संख्या १४ हजार ७ सय ७२ थियो । कार्यालयका अनुसार त्रुटि सच्याएपछि उक्त संख्या बढेर १८ हजार ४ सय ३५ पुगेको छ ।

त्यस्तै ३.२५ देखि ३.६० जीपीए ल्याउने विद्यार्थीको संख्या ४८ हजार ९ सय ४१ छ । यसअघि ४७ हजार ८ सय ९६ जनाले मात्रै उक्त जीपीए प्राप्त गरेको तथ्यांक सार्वजनिक भएको थियो । २.८५ देखि ३.२० जीपीए प्राप्त गर्ने विद्यार्थीको संख्या भने ५१ हजार ७ सय ९ बाट घटेर ५१ हजार १ सय ५ भएको कार्यालयका प्रवक्ता डिल्ली लुइँटेलले जानकारी दिए ।

राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष चन्द्रमणि पौडेलले गल्तीको जिम्मेवारी लिने बताए । उनले भने, ‘गल्ती लुकाउन सक्ने अवस्था पनि थियो, गल्ती लुकाउँदा झनै विकराल समस्या आउँथ्यो ।’ मन्त्रालयलाई छानबिन गर्न बोर्डले नै बाटो खोलिदिएको उनको तर्क छ । ‘हामी आफैं छानबिन गरेर ढाकछोप गर्न सक्थ्यौं,’ उनले भने, ‘मन्त्रालयलाई आग्रह गरेर छानबिन समिति बनेको छ, सत्यतथ्य बाहिर ल्याउन सहयोग गर्छौं ।’

त्यस्तै मन्त्रालयले गठन गरेको छानबिन समितिले काम थालेको छ । छानबिन टोलीले मंगलबार परीक्षा नियन्त्रण कार्यालय पुगेर नतिजा प्रकाशनमा संलग्न कर्मचारीसँग सोधपुछ गरेको थियो । ‘५ दिन भित्रै प्रतिवेदन दिने गरी काम थालेका छौं,’ समिति संयोजक डा तुलसीप्रसाद थपलियाले भने ।
कान्तिपुरबाट

Logo