उपत्यकाका तीनवटै जिल्लाको केन्द्रविन्दु रहेको काठमाडौं तीनकुनेमा पेण्टागन इन्टरनेशनल कलेज अवस्थित छ । यस कलेजले विभिन्न संकायमा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीहरुलाई छात्रवृतिको समेत व्यवस्था गरिरहेको छ । "/>

विद्यार्थीको उत्कृष्ट गन्तव्य (भिडियोसहित)

विद्यार्थीको उत्कृष्ट गन्तव्य (भिडियोसहित)

केन्द्रबिन्दु
0
Shares

उपत्यकाका तीनवटै जिल्लाको केन्द्रविन्दु रहेको काठमाडौं तीनकुनेमा पेण्टागन इन्टरनेशनल कलेज अवस्थित छ । यस कलेजले विभिन्न संकायमा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीहरुलाई छात्रवृतिको समेत व्यवस्था गरिरहेको छ ।

हरेक शैक्षिक सत्रमा टपर विद्यार्थीहरु उत्पादन गरिरहेको पेण्टागनमा विज्ञान, व्यवस्थापन र मानविकि संकायमा अध्ययन अध्यापन हुँदै आएको छ । यस कलेजमा स्नातक तह तर्फ बिए, बिएसडब्ल्यू, र बिबिएस अध्यापन भइरहेको छ । त्यस्तै बिसिए र बिबिएका लागि पनि आगामी शैक्षिक शत्रकोलागी तयारी भइरहेको कलेजले जनाएको छ ।

यस कलेजमा सुविधासम्पन्न कक्षाकोठा, बृहत्त पुस्तकालय, साइन्स ल्याब, खेलमैदान, होस्टल, यातायात लगायतका सम्पूर्ण सुविधा रहेका छन् । यस्तै एचएम ल्याब, रुफ टफ क्यान्टिन, आइटी ल्याब लगायत भौतिकपूर्वाधारले पेण्टागन कलेजलाई सम्पन्न वनाएको छ ।

यस कलेजले हरेक वर्ष उत्कृष्ट नतिजा ल्याउँदै आएको छ । ९० प्रतिसतभन्दा माथि रिजल्ट दिएको पेण्टागनले आफूलाई अब्बल कलेजको रुपमा स्थापित गरिसकेको छ ।

पेण्टागन कलेजले पढाइसँगसँगै खेलकुद, विभिन्न मनोरञ्जनात्मक कृयाकलाप, गीत–संगीत, विज्ञान प्रदर्शनी लगायतका अतिरिक्तक्रियाकलाप गर्दै आएको छ । त्यसैगरि बास्केटबल, समय समयमा शैक्षिक भ्रमण, क्रिकेट, भलिबल, टेबलटेनिस, ब्याटमिन्टन लागयतका खेलकुद प्रतियोगिताहरु समेत गर्दै आएको छ ।

आधुनिक शैलिमा अध्ययन अध्यापन गराईरहेको पेण्टागनले विद्यार्थीहरुलाई आवश्यक अतिरिक्त कृयाकलापहरुमा उत्तिकै सहभागि गराइरहेको छ । यी विविध कारणहरुले पेण्टागन इन्टरनेशनल कलेज उच्च शिक्षा अध्ययनका लागि एक उत्कृष्ट गन्तव्य हुँदै आएको छ ।

 

Logo