ब्यवस्थापनमा अतुलनीय कलेज (भिडियो रिपोर्ट समेत)

ब्यवस्थापनमा अतुलनीय कलेज (भिडियो रिपोर्ट समेत)

केन्द्रबिन्दु
0
Shares

कुशल व्यवस्थापकले पाएमा कुनै पनि संघ संस्था, कार्यालय र अझ भनौं देशलाई नै प्रगतिको दिशामा ब्यापक परिवर्तन गरिदिनसक्छ । काठमाडौंको बानेश्वरमा रहेको ग्लोबल कलेज अफ म्यानेजमेन्ट, सफल व्यवस्थापनका लागि आफैमा उदाहरणिय एवं अनुकरणिय ब्राण्ड भएको छ ।

ग्लोबल कलेजले शैक्षिक सत्रको सुरुमै वार्षिक कार्ययोजना तयार गरेर बुँदागत छलफल गराई सवैको सहमतिमा परिमार्जन गर्ने गरेको छ । नीति निर्माणमा सहभागि भएपछि शिक्षक देखि विद्यार्थीहरु सबैको त्यसमा स्वामित्व हुन्छ र उनीहरु त्यसलाई अक्षरस लागू पनि गर्छन् ।

व्यवस्थापन बिषय अध्ययनका लागि नेपालकै एकमात्रै उत्कृष्ट कलेजको रुपमा रहेको ग्लोबल कलेज अफ म्यानेजमेन्टमा व्यवस्थापन संकायमात्रै अध्यापन गराइन्छ । बिहान साढे ६ बजेदेखि साँझ साढे ५ बजेसम्म कलेज संचालनमा रहन्छ । विद्यार्थीले जुनसुकै बेला पनि शिक्षकसँग परामर्श र पुस्तकालयमा अध्ययन गर्न सक्छन् । त्यसकारण कुनै पनि विद्यार्थीले बाहिर गएर ट्युसन पढ्नुपर्दैन । कलेजमा भर्ना भएपछि केही दिनमा नै विद्यार्थीका समस्या र उनीहरुको विशिष्टता पहिचान गरि सोही अनुसारको पठन पाठन गराइन्छ । किशोरावस्थामा पढाइमा प्रभाव पार्ने शारीरिक, मनोवैज्ञानिक, सामाजिक र आर्थिक पक्ष पनि हुन्छन् । यही कुरालाई बुझेर कलेजले सोही अनुसार विद्यार्थीलाई परामर्श देखि सहयोग गर्नेगर्छ । ग्लोबल कलेजमा प्लस टु देखि ब्याचलर र मास्टर्स सम्ममा व्यवस्थापन संकायका सम्पूर्ण विषयहरु अध्यापन गराइन्छ ।

आफ्नै भवन रहेको यो कलेजका कक्षाकोठाहरू आधुनिक प्रविधिले सुविधायुक्त रहेको छन् । सबै विषयमा अनिवार्य रुपमा प्रेजेन्टेसन गराउने गरेको यस कलेजले प्य्राक्टिकल अध्यापनलाई जोड दिँदै आएको छ । ग्लोबल कलेज आफ्नै इन्फास्ट्रक्चरका दृष्टिकोणले पनि अब्बल छ । वेल म्यानेज लाइबे्ररी, कम्प्युटर ल्याब, सुविधासम्पन्न क्यान्टिन आदि ग्लोबल कलेज अफ म्यानेजमेन्टका अन्य विशेषता हुन् ।

विगत तीन वर्षको तथ्यांकलाई हेर्ने हो भने ९८ प्रतिशत रिजल्ट दिन सफल छ, ग्लोबल कलेज अफ म्यानेजमेन्ट ।

ग्लोबल कलेजले आफ्नो पाठ्यक्रमभन्दा बाहिर गएर पनि विद्यार्थीहरुको क्षमता प्रस्फुटन गर्ने मौका दिने गरेको छ । हरेक तहमा समूहगत रुपमा प्रयोगात्मक अभ्यासलाई प्राथिमिकतामा राखेको छ । केस स्टडी, विषयगत रुपमा विद्यार्थीहरुलाई प्रेजेन्टेसन गराउने, विभिन्न प्रोजेक्टहरुमा संलग्न गराउने तथा खेलकुदमा पनि उत्तिकै महत्वकासाथ सहभागी गराईन्छ । मनोरञ्जनात्मक क्रियाकलापहरुले विद्यार्थीहरुको मस्तिष्कलाई फूर्तिलो बनाउने हुनाले बेलाबेलामा उनीहरुलाई नृत्य, गायन, नाटक, कविता जस्ता क्रियाकलापमा पनि सक्रिय बनाउने गरेको छ ।

हरेक किसिमको सफलताका लागि कुशल व्यवस्थापनको आवश्यकता पर्छ । अब्बल व्यवस्थापनका लागि सृजनशील व्यवस्थापककै आवश्यकता पर्दछ । जसको परिपूर्तिकालागी ग्लोबल कलेज अफ म्यानेजमेन्ट गौरवपूर्ण ढंगले क्रियाशील छ । त्यसैकारण दावीका साथ भन्न सकिन्छ, उत्कृष्ट व्यवस्थापक बन्ने चाहना बोकेका विद्यार्थीहरुका लागि ग्लोबल कलेज अफ म्यानेजमेन्ट नै अतुलनीय गन्तव्य हो ।

Logo