काठमाडौं

०७४ को माध्यमिक शिक्षा परीक्षा कक्षा १० (एसइई) को नतिजा सार्वजनिक भएको छ । "/>

एसइई नतिजा : दुई लाख विद्यार्थीलाई भर्ना पाउन कठिन

एसइई नतिजा : दुई लाख विद्यार्थीलाई भर्ना पाउन कठिन

केन्द्रबिन्दु
0
Shares

काठमाडौं

०७४ को माध्यमिक शिक्षा परीक्षा कक्षा १० (एसइई) को नतिजा सार्वजनिक भएको छ । एसइईमा २५ विद्यार्थीले सबैभन्दा माथिल्लो जिपिए ४.० ल्याएका छन् । आठवटै विषयमा ९० भन्दा माथि १०० सम्म ल्याउने विद्यार्थीले मात्र जिपिए ४ पाउँछन् ।

माथिल्लो कक्षाका लागि भर्ना पाउन कठिन हुने विद्यार्थी संख्या झन्डै दुई लाख छ । नियमिततर्फ कुल चार लाख ५१ हजार पाँच सय ३२ रहेकामा जिपिए २.० भन्दा कम ल्याउने विद्यार्थी एक लाख ९५ हजार तीन सय १५ छन् । राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष प्रा.डा. चन्द्रमणि पौडेलले झन्डै ४५ प्रतिशतको शैक्षिक स्तर कमजार रहेको र सुधार गर्नुपर्ने अवस्था रहेको बताए ।

यस वर्ष साधारण तर्फ नियमित चार लाख ५१ हजार पाँच सय ३२ र एक्जाम्टेडतर्फ २५ हजार एक सय ३२ परीक्षामा सहभागी थिए । त्यसैगरी प्राविधिकतर्फ नियमितमा आठ हजार नौ सय ६ र एक्जाम्टेडतर्फ १० जना सहभागी भएका थिए ।

सी ग्रेडभन्दा तलकालाई ग्रेडवृद्धिको मौका

यस वर्षको परीक्षामा सैद्धान्तिक विषयतर्फ सी, डी प्लस, डी र ई प्राप्त गर्ने विद्यार्थीले सबै विषयमा ग्रेडवृद्धि गर्न पाउने भएका छन् । ती विषय मध्ये विद्यार्थीले चाहेका विषयमा र मूल परीक्षामा दुई विषयसम्म अनुपस्थित भएको वा दुई विषय सम्म ग्रेड नखुलेका विषयमा ग्रेडवृद्धि परीक्षा दिन पाउनेछन् । परीक्षा नियन्त्रण कार्यालयले ग्रेडवृद्धिको परीक्षा २३ साउन देखि गर्ने भएको छ ।
नयाँ पत्रिकाबाट

 

Logo