भक्तपुर 

ग्रेडिङ प्रणाली अनुसार असार ९ गते साँझ सार्वजनिक गरिएको २०७४ सालको माध्यमिक शिक्षा परीक्षा कक्षा १० (एसइई) परीक्षाको नतिजामा नियमिततर्फ ई’ ग्रेड र आंशिकतर्फ ‘ए प्लस’ कुनै विद्यार्थीको पनि आएको छैन । "/>

एसइई परीक्षामा नियमिततर्फ ई’ ग्रेड र आंशिकतर्फ ‘ए प्लस’ कसैले ल्याएनन्

एसइई परीक्षामा नियमिततर्फ ई’ ग्रेड र आंशिकतर्फ ‘ए प्लस’ कसैले ल्याएनन्

केन्द्रबिन्दु
0
Shares

भक्तपुर 

ग्रेडिङ प्रणाली अनुसार असार ९ गते साँझ सार्वजनिक गरिएको २०७४ सालको माध्यमिक शिक्षा परीक्षा कक्षा १० (एसइई) परीक्षाको नतिजामा नियमिततर्फ ई’ ग्रेड र आंशिकतर्फ ‘ए प्लस’ कुनै विद्यार्थीको पनि आएको छैन । परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले गत चैत ८ गते देखि २० गतेसम्म साधारण तथा प्राविधिकतर्फ सञ्चालन गरेको परीक्षाको नतिजा सार्वजनिक गरेको हो ।

यस वर्षको परीक्षामा नियमिततर्फ चार लाख ५१ हजार ५३२ र आंशिकतर्फ २५ हजार १३८ परीक्षार्थी सहभागी भएका थिए । यस्तै प्राविधिक धारको नियमिततर्फ आठ हजार ९०६ र आंशिकतर्फ १० परीक्षार्थी सहभागी भएको कार्यालयले जानकारी दिएको छ ।

सार्वजनिक भएको नतिजा अनुसार नियमिततर्फ १४ हजार २३४ विद्यार्थीले जिपिए ३.६५ देखि ४ (ए प्लस), ४६ हजार १३० विद्यार्थीले जिपिए ३.२५ देखि ३.६० (ए), ४९ हजार ३७ जना विद्यार्थीले जिपिए २.८५ देखि ३.२० (बि प्लस), ७० हजार ५१२ विद्यार्थीले जिपिए २.४५ देखि २.८० (बि), ६१ हजार ८७० विद्यार्थीले जिपिए २.०५ देखि २.४० (सि प्लस), १ लाख १ हजार ४३ विद्यार्थीले १.६५ देखि २.०० (सि) ल्याउन सफल भएका छन् । यसैगरी ३५ हजार ५८४ विद्यार्थीले १.२५ देखि १.६० (डि प्लस), ५८ हजार ६८८ विद्यार्थीले ०.८५ देखि १.२० (डि) ल्याएको परीक्षा नियन्त्रक रेग्मीले जानकारी दिनुभयो । यसवर्ष ‘ई’ ग्रेड कसैले पनि ल्याएका छैनन् ।

आंशिकतर्फ ‘ए प्लस’ कुनै पनि विद्यार्थीको आएन भने दुई विद्यार्थीले मात्रै जिपिए ३.२५ देखि ३.६० (ए ग्रेड) ल्याएका छन् । आशिंकतर्फ १९ विद्यार्थीले जिपिए २.८५ देखि ३.२० (बि प्लस), १७७ विद्यार्थीले जिपिए २.४५ देखि २.८० (बि), ७०२ विद्यार्थीले जिपिए २.०५ देखि २.४० (सि प्लस), ५ हजार ८९५ विद्यार्थीले जिपिए १.६५ देखि २.०० (सि), ६ हजार ५२७ विद्यार्थीले जिपिए १.२५ देखि १.६० (डि प्लस), ३ हजार १०८ विद्यार्थीले जिपिए ०.८५ देखि १.२० (डि ग्रेड) ल्याएका छन् ।

यता प्राविधिक धारको नियमिततर्फ ५३८ विद्यार्थीले ‘ए प्लस’, १ हजार ७६६ विद्यार्थीले ‘ए’, २ हजार ६५३ विद्यार्थीले ‘बि प्लस’, २ हजार ५८० विद्यार्थीले ‘बि’, ६२९ विद्यार्थीले ‘सि प्लस’, ११२ विद्यार्थीले ‘सि’, ५ विद्यार्थीले ‘डि प्लस’ ४७९ विद्यार्थीले ‘डि ग्रेड’ ल्याउन सफल भएका छन् । प्राविधिकधारतर्फ आंशिकतर्फ ३ जना विद्यार्थीले ‘बि प्लस’ र १ विद्यार्थीले ‘डि ग्रेड’ ल्याउन सफल भएका छन् ।

परीक्षा नियन्त्रक रेग्मीका अनुसार साधारण र प्राविधिकतर्फ चार लाख ८५ हजार ५८६ परीक्षार्थीले परीक्षामा आवेदन दिएपनि परीक्षामा २१ हजार ८९७ परीक्षार्थी अनुपस्थित रहेको र चार लाख ६३ हजार ६८९ परीक्षार्थीले परीक्षा दिएका थिए ।

पुर्नयोगको व्यवस्था

कार्यालयले आफूले प्राप्त गरेको कुनै विषयको नतिजा चित्त नबुझेमा सम्बन्धित परीक्षार्थीले पुनर्योग गर्नसक्ने व्यवस्था गरेको छ । विद्यार्थीले प्रतिविषय रु ५०० र आवश्यक विवरणसहित परीक्षा नियन्त्रण कार्यालय वा सम्बन्धित शिक्षा निर्देशनालय वा शिक्षा विभाग तथा समन्वय इकाईमा नतिजा प्रकाशन भएको मितिले १५ दिनभित्र निवदेन दिन सक्ने व्यवस्था गरेको परीक्षा नियन्त्रक रेग्मीले जानकारी दिए । 

नेपाल समाचारपत्रबाट 

Logo