काभ्रे

सीएमए र अनमी अध्ययनका लागि देशका विभिन्न जिल्लाबाट बनेपा आएका ८० विद्यार्थी ठगी गर्ने विद्यालय खारेज भएको छ भने विद्यालयका प्रिन्सिपल पक्राउ परेका छन् । "/>

काभ्रेमा ८० विद्यार्थी ठगी प्रकरण : प्रिन्सिपल पक्राउ, विद्यालय खारेज

काभ्रेमा ८० विद्यार्थी ठगी प्रकरण : प्रिन्सिपल पक्राउ, विद्यालय खारेज

केन्द्रबिन्दु
0
Shares

काभ्रे

सीएमए र अनमी अध्ययनका लागि देशका विभिन्न जिल्लाबाट बनेपा आएका ८० विद्यार्थी ठगी गर्ने विद्यालय खारेज भएको छ भने विद्यालयका प्रिन्सिपल पक्राउ परेका छन् । विद्यालयका मुख्य सञ्चालक शिलाकान्त झा अझै फरार छन् ।

जिल्ला प्रशासन कार्यालय काभ्रेमा ठगीको उजुरी परेको ८ महिनापछि प्रशासनले उनलाई बुधबार राति पक्राउ गरेको हो । नेसनल हेल्थ फाउन्डेसन प्रिन्सिपल सुरज ज्ञवालीलाई इलाका प्रहरी कार्यालय बनेपाका प्रहरी निरिक्षक सुनिल जंग शाहको टोलीले पक्राउ गरेको हो । उनी विरुद्ध ८० विद्यार्थी ठगी गरेको उजुरी परेको छ । यसअघि प्रशासनले चासो नदिँदा ८ महिना देखि ज्ञवाली र झा फरार हुँदै आएका थिए ।

वार्षिक १ लाख २० हजारका दरले ९६ लाख रूपैयाँ संकलन गरेर नक्कली कलेज संचालन गरी परिक्षा समेत दिने तयारी गरेका थिए । ८ महिना अघि विद्यार्थीको परिक्षा संचालन हुने समयमा ठगी गरेको जानकारी प्राप्त भएपछि समाचार बाहिर आएको थियो ।

सोही आधारमा सिटिईभीटीले छानविन टोली गठन गरेको थियो । उक्त कलेजका सञ्चालक झा र प्रिन्सिपल सुरज ज्ञवालीलाई बचाउन राजनीतिक संरक्षण भएको थियो । ‘अध्ययनका लागि दिएको डेड लाख रकम त खाए खाए, हाम्रो वर्ष दिनको समय र भविष्य समेत अन्धकार बनाए,’ एक विद्यार्थीले भने– ‘बनेपामा रहेको नेशनल हेल्थ फाउण्डेसनको नाममा विद्यार्थी भर्ना गराएर संचालक सदस्य सचिव शिलाकान्त झा र प्रशासन प्रमुख सुरज ज्ञवालीले दर्ता नै नभएको नुवाकोट टेक्निकल इन्ष्टिच्युटको नाममा झुक्याएर फाराम भरेका रहेछन् ।’

‘२०७४ कार्तिक २४ गते शुक्रबार देखि शुरु भएको फाइनल परीक्षामा समेत हामी सहभागि हुन पाएनौं’ –उनले भने– ‘प्रशासन प्रमुख सुरज ज्ञवालीले शुक्रबारको परीक्षा हुन्छ हुन्छ भन्दै आईतबार समेत परिक्षा दिने अवसरबाट बञ्चित गराए।’ नेसनल हेल्थ फाउन्डेशनले सीएमए र अनमी अध्ययनका लागि ४०÷४० जनाको अनुमति प्राप्त गरेको छ । नेशनल हेल्थ फाउण्डेसनले अनुमति भएको भन्दा दोब्बर विद्यार्थीहरू अध्यापन गराउँदै आएको थियो । सोहि इन्ष्टिच्युटमा अध्ययन गरेका मध्ये ८० जनाले बनेपा पोलिटेक्निक स्कुलमा भएको परिक्षामा सहभागि हुने अवसर पाए भने बाँकी ८० जना विचल्लीमा परे ।
नेपाल समाचारपत्रबाट

Logo