१३ बर्षअघि स्थापना भएको ‘द नेक्स्ट’ एजुकेसन कन्सलटेन्सी ले पर्सामा आठौं शाखा सुरु गरेको छ । उक्त शाखाको उद्घाटन खैरहनी र राप्ती नगरका मेयरले संयुक्त रुपमा गरेका थिए । "/>

‘द नेक्स्ट’को आठौं शाखा पर्साको खैरहनीमा

‘द नेक्स्ट’को आठौं शाखा पर्साको खैरहनीमा

केन्द्रबिन्दु
0
Shares

१३ बर्षअघि स्थापना भएको ‘द नेक्स्ट’ एजुकेसन कन्सलटेन्सी ले पर्सामा आठौं शाखा सुरु गरेको छ । उक्त शाखाको उद्घाटन खैरहनी र राप्ती नगरका मेयरले संयुक्त रुपमा गरेका थिए ।

वैदेशिक शिक्षाका बारेमा चासो राख्ने पर्साका विद्यार्थीहरुलाई काठमाडौं नगइ स्थानिय स्तरबाटै सेवा लिन सहज होस भनेर आठौं शाखा संचालन गरेको द नेक्स्टका प्रबन्ध निर्देशक शालिकराम भण्डारीले केन्द्रविन्दुलाई बताए ।

काठमाडौंको पुतलीसडकमा केन्द्रीय कार्यालय रहेको ‘द नेक्स्ट’ले उच्च शिक्षा अध्ययन गर्न चाहने विद्यार्थीहरुलाई अष्ट्रेलिया, न्यूजिल्याण्ड लगायका देशहरुमा पठाउँदै आएको छ ।

‘द नेक्स्ट’को चितवन, बुटवल, पोखरा र अष्ट्रेलिया स्थित सिड्नीमा शाखा कार्यालयहरु क्रियाशील छन् । हजारौं विद्यार्थीहरुलाई अध्ययनका लागि अस्ट्रेलिया पठाई सकेको ‘द नेक्स्ट’ले आठौँ शाखाको रूपमा पर्साको खैरहनी रोजेको हो ।

‘द नेक्स्ट’ले स्थापनाको पहिलो दिनबाटै विद्यार्थीहरुलाई सही, गुणस्तरीय र विद्यार्थिको सामथ्र्य अनुसारको कलेज र विश्वविद्यालय छनौट ज्ञान प्रदान गर्दै आइरहेका छ । विदेश अध्ययनका लागि एकेडेमिक क्वालिफिकेसन र आईएलटिएस मात्र भएर पुग्दैन, अन्य धेरै प्रोसेसहरुमा विद्यार्थिको शैक्षिक सामथ्र्य अनुसारको कलेज र विषय छनौट गर्न पनि ‘द नेक्स्ट’ले विद्यार्थीलाई उचित परामर्श दिनेगर्छ ।

अष्ट्रेलियाको सिड्नीमा अध्ययनरत विद्यार्थीहरुलाई सेवा प्रदान गर्न सर्भिस सेन्टर समेत सञ्चालन गर्दै आएको छ । अर्थात विदेशमा अध्ययन गर्न चाहानेहरुकावीच पुलको रुपमा स्थापित छ, ‘द नेक्स्ट’ ।

द नेक्स्टका प्रबन्ध निर्देशक शालिकराम भण्डारी

Logo