काभ्रे

कामना न्युज पब्लिकेशन ( नेपाल समाचारपत्र) का पूर्वसम्पादक वरिष्ठ पत्रकार बद्री तिवारीले जिल्लाको मण्डनदेउपुर न.पा.१० चण्डेनीमण्डनस्थित श्री उमा सह–शिक्षालय मा.वि.को कक्षा २ मा पढ्ने ८ वर्षीया छात्र जनार्दन तामाङको अभिभावकत्व ग्रहण गरेका छन् । "/>

काभ्रेका पत्रकार तिवारी र शिक्षकद्वयद्वारा अभिभावकत्व ग्रहण

काभ्रेका पत्रकार तिवारी र शिक्षकद्वयद्वारा अभिभावकत्व ग्रहण

केन्द्रबिन्दु
0
Shares

काभ्रे

कामना न्युज पब्लिकेशन ( नेपाल समाचारपत्र) का पूर्वसम्पादक वरिष्ठ पत्रकार बद्री तिवारीले जिल्लाको मण्डनदेउपुर न.पा.१० चण्डेनीमण्डनस्थित श्री उमा सह–शिक्षालय मा.वि.को कक्षा २ मा पढ्ने ८ वर्षीया छात्र जनार्दन तामाङको अभिभावकत्व ग्रहण गरेका छन् ।

सोमबार विद्यालयका आयोजित एक कार्यक्रमका वीच उनले तामाङको अभिभावकत्व ग्रहण गरेका हुन् । सो वडाको सुलिकोट निवासी विष्णुलाल तामाङ र शारीरिक रुपमा अशक्त शुकुमाया तामाङका छोरा जनार्दनलाई विद्यालयमा पढियुञ्जेल सम्म लाग्ने खर्च व्यहोर्ने गरी निजको अभिभावकत्व ग्रहण गर्ने पत्रकार तिवारीले बताए ।

सोही कार्यक्रममा विद्यालयका प्रधानाध्यापक शालिकराम श्रेष्ठले कक्षा ९ की छात्रा ईश्वरी तामाङ र अंग्रेजी शिक्षक लीलानाथ न्यौपानेले कक्षा ९ कै लक्ष्मी तामाङको अभिभावकत्व ग्रहण गरेका थिए । न्युन आय भएका बालबालिकालाई सहयोग गर्न यस अभियान शुरु गरिएको पत्रकार तिवारी तथा शिक्षक द्वयले बताए । कार्यक्रममा प्रधानाध्यापक शालिकराम श्रेष्ठ र विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रामबहादुर तामाङ लगायतको उपस्थिती रहेको थियो ।

Logo