भक्तपुर

शिक्षक र विद्यार्थीहरू डिजिटल गेटबाट छिर्छन्, स्मार्ट बोर्डमा पढाउँछन् र पढ्छन् । "/>

ऋण काढेर स्मार्ट विद्यालय संचालन

ऋण काढेर स्मार्ट विद्यालय संचालन

केन्द्रबिन्दु
0
Shares

भक्तपुर

शिक्षक र विद्यार्थीहरू डिजिटल गेटबाट छिर्छन्, स्मार्ट बोर्डमा पढाउँछन् र पढ्छन् । यो कुनै सम्पन्न निजी विद्यालय होइन । भक्तपुर चाँगुनारायण–८ थाकलमठस्थित सरस्वती माध्यमिक विद्यालयका शिक्षक र विद्यार्थीको दैनिकी हो ।

सामुदायिक भए पनि शिक्षाको समय सापेक्षतालाई बुझेर विद्यालयले प्रविधि प्रयोग गर्न थालेको छ । ऋण काढेर स्मार्ट बोर्ड जोडिएको हो । ऋण काढेरै भए पनि स्मार्ट अध्ययन लागू गर्नु परेको कारण खोल्दै प्रधानाध्यापक इन्द्रमणि गिरीले भने, ‘सामुदायिक विद्यालयलाई राम्रो बनाउन विभिन्न प्रयास ग¥यौं, त्यसका लागि नगरपालिका देखि शिक्षा मन्त्रालय सम्म गयौं तर बजेट पाएनौं ।

लिखित रूपमै पनि विभिन्न निकायसँग बजेट मागेका थियौं, त्यो पनि नपाएपछि यसवर्षबाट आईसीटी प्रविधिबाट शिक्षण गराउनुपर्छ भनेर ऋण लिएका हौं ।’ उनले शिक्षा संवद्र्धनका लागि स्थापित निकायहरूबाट आस मारेका छैनन् । उनले भने, ‘यो वर्ष पनि हामीले ठाउँठाउँमा निवेदन दिएका छौं । हेरौं सामुदायिक विद्यालय सुधारका लागि केही हुन्छ कि ’

सरकारी र निजी आवासीय विद्यालयसँग प्रतिस्पर्धा गर्नु पर्ने बाध्यता बनेको छ । सामुदायिक विद्यालयमा पर्याप्त भौतिक सुविधा भएकै भरमा मात्र अभिभावकले विश्वास गर्ने अवस्था छैन । त्यसका लागि शिक्षक प्रधानाध्यापक नै लाग्नु पर्ने अनुभव र अभ्यासहरूले प्रस्ट पारेको छ । यसैलाई मनन गरी विद्यालयले आफ्नो स्तरोन्नतीमा सहयोगका लागि विद्यालयलाई डिजिटल प्रविधियुक्त बनाइएको गिरीले बताए ।
राजधानीबाट

Logo