काठमाडौँ

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले राजनीति गर्ने शिक्षकलाई पेसा नै छोडेर लाग्न आग्रह गरेका छन् । "/>

शिक्षक भएर राजनीति गर्ने भए पेशा छोडे हुन्छ : शिक्षामन्त्री

शिक्षक भएर राजनीति गर्ने भए पेशा छोडे हुन्छ : शिक्षामन्त्री

केन्द्रबिन्दु
0
Shares

काठमाडौँ

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले राजनीति गर्ने शिक्षकलाई पेसा नै छोडेर लाग्न आग्रह गरेका छन् । सिनामंगलस्थित गुह्येश्वरी माध्यमिक विद्यालयमा सोमबार आयोजित भर्ना अभियान कार्यक्रममा सहभागी मन्त्री पोखरेलले राजनीति गर्ने व्यक्ति शिक्षक हुन नसक्ने बताए ।

मन्त्री पोखरेलले राजनीति गर्न मन हुने शिक्षकलाई नपढाउन र राजनीति तिरै लाग्न आग्रह गरे । ‘राजनीति गर्ने पनि मास्टर हुन्छन् ?’ उनले भने, ‘उनीहरूले पढाउन छोडेर राजनीति गरे हुन्छ । जागिर मात्र खाने स्वभावका शिक्षकबाट शिक्षा राम्रो हुन्न ।’ मन्त्री पोखरेलले सरकारी स्कुलको स्तर उकास्नका लागि शिक्षकले बढी मिहिनेत गर्नु पर्ने बताए ।

सरकारले ल्याएको भर्ना अभियानलाई सफल बनाउन विद्यालयले ‘क्याचमेन्ट एरिया’, घरदैलो तथा शैक्षिक जागरण अभियान आयोजना गरेको छ । सो अवसरमा मन्त्री पोखरेलले रौतहटका प्रशान्त साह र अदिति साहलाई विद्यालयमा भर्ना गराएका थिए । आर्थिक अभाव, भौगोलिक विकटता र सांस्कृतिक कारणले विद्यालय बाहिर रहेका विद्यार्थीलाई विद्यालयमा ल्याउने वातावरण बनाउन अनिवार्य शिक्षा ऐन तथा शिक्षकका मुद्दालाई सम्बोधन गर्न नीति बनाउन लागेको मन्त्री पोखरेलले बताए ।
नयाँ पत्रिकाबाट

Logo