काठमाडौं
प्रधानमन्त्री केपी शर्मा ओलीले निरक्षरता उन्मूलनका लागि यस वर्षको विद्यालय भर्ना अभियानमा आफूले एकजना बच्चालाई विद्यालय भर्ना गर्ने बताएका छन् । "/>

एकजना बच्चालाई आफैंले विद्यालयमा भर्ना गराइदिने प्रधानमन्त्रीको घोषणा !

एकजना बच्चालाई आफैंले विद्यालयमा भर्ना गराइदिने प्रधानमन्त्रीको घोषणा !

केन्द्रबिन्दु
0
Shares

काठमाडौं
प्रधानमन्त्री केपी शर्मा ओलीले निरक्षरता उन्मूलनका लागि यस वर्षको विद्यालय भर्ना अभियानमा आफूले एकजना बच्चालाई विद्यालय भर्ना गर्ने बताएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा मंगलबार भएको राष्ट्रिय युवा परिषद्को कार्यक्रममा उनले आगामी वैशाख ५ गतेका दिन विद्यालय जाने उमेरका कुनै पनि बालबालिकालाई घरबाट आफैँले विद्यालयमा लगेर भर्ना गराउने बताएका हुन् ।

‘यसपालिको विद्यालय भर्ना अभियानमा विद्यालय उमेरका एकजना बच्चालाई विद्यालयमा लगेर नाम लेखाइ दिन्छु’, प्रधानमन्त्री ओलीले भने, ‘मन्त्री र माननीयले पनि त्यसै गर्नु हुन्छ ।’ निरक्षरतालाई दुई वर्ष भित्र उन्मूलन गर्ने नीति अन्तर्गत यसपालीको विद्यालय भर्ना अभियानलाई व्यापकता दिन लागिएको उनले बताए । ‘अब दुई वर्षमा नेपालबाट निरक्षरता उन्मूलन गर्नका लागि यसपाली प्रधानमन्त्री, मन्त्री, सांसद, प्रदेशका मुख्यमन्त्री, मन्त्री, सदस्य र स्थानीय तहका सबै जनप्रतिनिधिले एक÷एक जना बच्चा लगेर विद्यालयमा भर्ना गराउने छन्’, उनले भने ।

मधेशका केही मुसहर र डोम जातिको साक्षरता प्रतिशत न्यून रहेकाले त्यही समुदायका बालबालिका विद्यालयमा भर्ना गराउने इच्छा आफ्नो रहेको सुनाउँदै उनले भने– ‘मैले निश्चित त गरिसकेको छैन तर तराईका कुनै जातिका बालबालिका विद्यालयमा भर्ना गराउने इच्छा मेरो छ ।’ प्रधानमन्त्री ओलीले यो अभियान बीचैमा विद्यालय छोड्ने दर बढाउन नभई विद्यालयको पढाइ पूरा गराएर शत प्रतिशत साक्षरता भएको देशमा नेपाललाई पु¥याउनका लागि भएको चर्चा गर्दै ‘यो एउटा उत्प्रेरणा जगाउने अभियान हो’ भने । उनले भने, ‘नेपाललाई अगाडि बढाउन अब सरकारले यस्तै उत्प्रेरक अभियान सबै क्षेत्रमा शुरु गर्छ ।’
रासस

Logo