काठमाडौं
नयाँ शैक्षित्र सत्र सुरु हुन केही समय मात्रै बाँकी रहँदा निजी विद्यालयको शुल्क निर्धारण अन्योलमा छ । विद्यालय शिक्षाको अधिकार पाएका स्थानीय तहले अहिले सम्म शुल्क निर्धारण गर्न सकेका छैनन् भने जिल्ला शिक्षा कार्यालयले पनि स्थानीय तहको अधिकार क्षेत्रको कुरा भन्दै चासो दिएका छैनन् । "/>

निजी विद्यालयको शुल्क निर्धारण अन्योलमा

निजी विद्यालयको शुल्क निर्धारण अन्योलमा

केन्द्रबिन्दु
0
Shares

काठमाडौं
नयाँ शैक्षित्र सत्र सुरु हुन केही समय मात्रै बाँकी रहँदा निजी विद्यालयको शुल्क निर्धारण अन्योलमा छ । विद्यालय शिक्षाको अधिकार पाएका स्थानीय तहले अहिले सम्म शुल्क निर्धारण गर्न सकेका छैनन् भने जिल्ला शिक्षा कार्यालयले पनि स्थानीय तहको अधिकार क्षेत्रको कुरा भन्दै चासो दिएका छैनन् ।

कतिपय स्थानीय तहले पुरानै शुल्कलाई निरन्तरता दिने निर्णय गरेका छन् । तर निजी विद्यालय सञ्चालकहरूले भने महँगी बढे अनुसार शुल्क बढाउन पाउनु पर्ने माग राखेका छन् । स्थानीय तहले शुल्क निर्धारणका लागि कुनै पनि तयारी गर्न नसकेर पुरानै शुल्कलाई निरन्तरता दिने निर्णय गरेको निजी विद्यालय सञ्चालकको गुनासो छ ।

शिक्षा नियमावली अनुसार शैक्षिक सत्र सुरु हुनु भन्दा दुई महिना पहिले नै निजी विद्यालयले शुल्क प्रस्ताव पेस गर्नु पर्ने हुन्छ । तर अहिले सम्म अधिकांशले बेवास्ता गरेका छन् । स्थानीय तहले समेत कडाइका साथ प्रस्ताव माग गरेर निर्णय गर्न सकेका छैनन् ।
नयाँपत्रिकाबाट

Logo