फेकनमा नयाँ कार्यसमिति चयन

फेकनमा नयाँ कार्यसमिति चयन

केन्द्रबिन्दु
0
Shares

परामर्श व्यवसायीहरुको छाता संगठन स्वतन्त्र शैक्षिक परामर्श संघ फेकनको निर्वाचनबाट ११ सदस्यीय नयाँ कार्यसमिति चयन भएको छ। संघको आठौ बार्षीक साधारण सभामार्फत चुनाव मार्फत नयाँ कार्यसमिति चयन भएको हो । संघको अध्यक्षमा भने  युवराज कटुवाल नै दोहोरिएका छन् ।

उपाध्यक्ष पदमा निमास एजुकेशनकी प्रवन्ध निर्देशक एवं वर्तमान फेकनको कार्यकारी सदस्य गीता रिजाल निर्वाचित भएकी हुन् ।त्यसैगरी महासचिव पदका लागि सेतो एकेडेमीका भुपाल तामाङ विजयी भएका छन् ।दुई जना सचिव पदका लागि प्रथम सचिव अमितबाबु ढुङ्गाना र राजु निरौला निर्वाचित भएका छन् ।त्यसैगरी कोषाध्यक्षमा इन्द्र कुमार लामा सर्वसम्मत विजयी भएका छन् ।

फेकनको संसोधित विधान अनुसार १५ सदस्यको केन्द्रिय कार्यसमिती रहने छ भने ११ प्रत्यक्ष निर्वाचनबाट र उपाध्यक्षसहित थप ३ सदस्य मनोनित हुँने व्यवस्था रहेको छ ।

विजयी सदस्यहरु
बालकृष्ण बिष्ट (गगन)
उमेश कुश्वार
हेमन्त राज दुलाल
संजित कनौजिया
राज कुमार शर्मा

Logo