काठमाडौं
ललितपुर सातदोबाटोस्थित प्रिमियर इन्टरनेसनल स्कुलमा कक्षा १ का विद्यार्थीको भर्ना शुल्क ५० हजार रुपैयाँ छ । "/>

निजी स्कुलमा चर्को शुल्क शोषण : कक्षा १ पढ्न ५ लाख भन्दा वढी !

निजी स्कुलमा चर्को शुल्क शोषण : कक्षा १ पढ्न ५ लाख भन्दा वढी !

केन्द्रबिन्दु
0
Shares

काठमाडौं
ललितपुर सातदोबाटोस्थित प्रिमियर इन्टरनेसनल स्कुलमा कक्षा १ का विद्यार्थीको भर्ना शुल्क ५० हजार रुपैयाँ छ । त्यस बाहेक सुरक्षा धरौटी भन्दै स्कुलले वार्षिक ४० हजार रुपैयाँ लिन्छ । त्यसैगरी पुस्तकालय शुल्क शीर्षकमा सात हजार पाँच सय, वार्षिक स्टेसनरी शीर्षकमा २५ हजार दुई सय, आईबी कोर्स तथा आईसीटी शीर्षकमा १४ हजार चार सय, मासिक ट्युसन शुल्क बापत २५ हजार र लन्च तथा स्न्याक्स शीर्षकमा ६ हजार पाँच सय रुपैयाँ पनि कक्षा १ का विद्यार्थीबाट स्कुलले असुल्दै आएको छ । सबै शीर्षकमा लिइने शुल्क हिसाब गर्दा एक कक्षाका विद्यार्थीसँग लिने शुल्क मात्र वार्षिक पाँच लाख रुपैयाँ भन्दा बढी हुन्छ । एक देखि तीन कक्षाका विद्यार्थीका लागि समान शुल्क संरचना भए पनि त्यस भन्दा माथिल्ला कक्षाका विद्यार्थीको शुल्क क्रमशः बढ्दै गएको छ ।

आपूर्ति मन्त्रालय अन्तर्गत आपूर्ति व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण विभागले अनुगमन गर्दा यो शुल्क संरचना तोक्न जिल्ला शिक्षा कार्यालयबाट स्वीकृति लिन नसकेको पाइयो । विभागले पाठशाला नेपाल, रातोबंगला स्कुल, लिटल एन्जल्स, रोजबर्ड स्कुल, विद्या संस्कार (चेल्सी), ग्यालेक्सी पब्लिक स्कुल, प्रिमियर इन्टरनेसनल, जेम्स स्कुल, नोबेल एकेडेमी, द चाँदवाग स्कुल, बूढानीलकण्ठ स्कुल, युलेन्स स्कुल, रुपिज इन्टरनेसनल स्कुल, ड्याफोडिल्ड पब्लिक स्कुलको शुल्क अनुगमन गरेको थियो ।

ललितपुरकै रातोबंगला स्कुलले पनि विद्यार्थीका लागि भर्ना बापत ७५ हजार सम्म र धरौटी शीर्षकमा २५ हजार रुपैयाँ शुल्क लिइरहेको सरकारी तथ्यांक छ । विद्यार्थीसँग ट्युसन शुल्कको नाममा मासिक २१ हजार चार सय ६० देखि २६ हजार सात सय ५० रुपैयाँ सम्म लिने गरेको विभागले तयार गरेको प्रतिवेदनमा उल्लेख छ । यस स्कुलले ‘सोसिअल फन्ड’ शीर्षकमा दुई हजार चार सय देखि दुई हजार आठ सय रुपैयाँ सम्म लिइरहेको छ । त्यस बाहेक यो स्कुलले भर्ना, मासिक, पुस्तकालय तथा अतिरिक्त क्रियाकलाप र ‘करिकुलम सपोर्ट’ लगायत शीर्षकमा पनि शुल्क उठाएको छ ।

कुनै पनि कानुनले नदिएको शीर्षकमा आफू खुसी शुल्क उठाउने काम गैरकानुनी रहेको दाबी गर्दै यस स्कुललाई पनि विभागले मुद्दा दायर गर्ने तयारी गरिरहेको छ । रातोबंगला स्कुलकी प्राचार्य शान्ता दीक्षितले बिसन्चोको कारण देखाउँदै यस विषयमा प्रतिक्रिया दिन चाहिनन् । बाँसबारीस्थित द चाँदवाग स्कुलले एक कक्षाका विद्यार्थीसँग १४ वटा शीर्षकमा शुल्क लिइरहेको छ । सरकारी नीतिनियमलाई पालना गरे जस्तो देखाउन यस स्कुलले कक्षा १ का विद्यार्थीसँग भर्ना बापत दुई हजार ३६३ रुपैयाँ मात्र लिए पनि हरेक विद्यार्थीसँग ‘डेभलपमेन्ट चार्ज’ शीर्षकमा २५ हजार रुपैयाँ थप शुल्क लिँदै आएको छ ।
अन्नपूर्णबाट

Logo