काठमाडौं
काठमाडौं उपत्यकामा मात्रै अनिवार्य शिक्षा लिनु पर्ने उमेर समूहका २६ हजार २४३ बालबालिका विद्यालय बाहिर छन् । "/>

काठमाडौं उपत्यकामा २६ हजार विद्यार्थी विद्यालय बाहिर

काठमाडौं उपत्यकामा २६ हजार विद्यार्थी विद्यालय बाहिर

केन्द्रबिन्दु
0
Shares

काठमाडौं
काठमाडौं उपत्यकामा मात्रै अनिवार्य शिक्षा लिनु पर्ने उमेर समूहका २६ हजार २४३ बालबालिका विद्यालय बाहिर छन् । जसमा १७ हजार १९३ छात्र र नौ हजार ५० छात्रा छन् । सबैभन्दा बढी काठमाडौंमा २० हजार ४१५, ललितपुरमा दुई हजार नौ सय ८५ र भक्तपुरमा दुई हजार आठ सय ४३ बालबालिका विद्यालय बाहिर रहेको विभागको तथ्यांक छ । कक्षा १० सम्म अध्ययन गर्ने उमेर समूहका बालबालिकाको संख्या ३३ हजार ७९० रहेको छ ।

आधारभूत तहमा सबैभन्दा बढी बालबालिका विद्यालय बाहिर रहेको जिल्ला धनुषा हो । सो जिल्लामा आधारभूत तहमा १३ हजार २ सय ८९ छात्रा र ११ हजार ९ सय ८४ छात्र गरी कुल २५ हजार २ सय ७३ बालबालिका विद्यालय बाहिर रहेका छन् । त्यसैगरी सर्लाहीमा १३ हजार १ सय ६२ छात्रा र १० हजार ३ सय ४८ गरी कुल २३ हजार ५ सय १० बालबालिका विद्यालय बाहिर छन् । मोरङ, सिरहा, सुनसरी, सप्तरी, बारा, पर्सा, रौतहट धेरै बालबालिका विद्यालय बाहिर रहने जिल्लामा पर्छन् ।
नयाँपत्रिकाबाट

Logo