शनिबार ‘द नेक्स्ट अष्ट्रेलियन एजुकेसन फेयर’ हुने

शनिबार ‘द नेक्स्ट अष्ट्रेलियन एजुकेसन फेयर’ हुने

केन्द्रबिन्दु
0
Shares

काठमाडौं, ४ माघ ।

राजधानीमा शनिबार ‘द नेक्स्ट अष्ट्रेलियन एजुकेसन फेयर’ हुने भएको छ । होटल अन्नपूर्णमा हुने उक्त कार्यक्रम द नेक्स्ट एजुकेसन कन्सलटेन्सीको आयोजनामा हुन लागेको हो ।

उच्च शिक्षाका लागि अष्ट्रेलिया अध्ययन गर्न जाने विद्यार्थीहरुलाई लक्षित गर्दै हुने कार्यक्रममा अष्ट्रेलियाका २५ युनिभर्सिटी तथा कलेजहरुको सहभागिता रहने आयोजकले जनाएको छ ।

फेयरमा कलेज तथा युनिभर्सिटीकै प्रतिनिधिहरु पनि उपस्थित हुने भएकाले विद्यार्थीका लागि उपयोगी हुने नेक्स्टका कार्यकारी निर्देशक शालिकराम भण्डारीले बताए ।

फेयरमा नेपाली विद्यार्थीहरुको प्रमुख गन्तब्य बनिरहेका अष्ट्रेलियन क्याथोलिक युनिभर्सिटी, वलङघन युनिभर्सिटी, व्लू माउन्टेन होटल स्कुल, मेलबर्न इन्टिच्यूट अफ टेक्नोलोजी, युनिभर्सिटी अफ न्यू इङल्याण्ड, लगायतका कलेज तथा युनिभर्सिटीहरुको उपस्थिति रहने भण्डारीले बताए ।

फेयरमा उपस्थित हुने विद्यार्थीहरुका लागि प्रिभिलेज कार्डको ब्यवस्था गरिएको र उक्त कार्ड मार्फत विद्यार्थीले द नेक्स्टले प्रदान गर्ने आई.एल.टि.एस अध्ययन तथा प्रोसेसिङ्ग लगायतका सेवा सुविधाहरुमा भारी छुट प्राप्त गर्ने बताइएको छ ।

उपस्थित विद्यार्थीहरुलाई आकर्षक गिफ्ट ह्याम्परको पनि ब्यवस्था गरिएको आयोजकले जनाएको छ । ‘द नेक्स्ट अष्ट्रेलियन एजुकेसन फेयर माघ ७ गते बुटवलमा र ८ गते चितवनमा हुनेछ ।

सन् २००५ मा डिल्लीबजारमा स्थापित द नेक्स्ट एजुकेसन कन्सलटेन्सीले सन् २०१७ को जनवरीमा पनि ‘द नेक्स्ट अष्ट्रेलियन एजुकेसन फेयर’ आयोजना गरेको थियो ।

Logo