अष्ट्रेलियन एड्मिसनस् डे हेर्नुहोस् ६ फोटोमा

अष्ट्रेलियन एड्मिसनस् डे हेर्नुहोस् ६ फोटोमा

केन्द्रबिन्दु
0
Shares

काठमाडौं, २ माघ ।

अष्ट्रेलियन एड्मिसनस् डे २०१८ काठमाडौं होटल याक एण्ड यतीमा सम्पन्न भएको छ । कार्यक्रममा १० हजार भन्दा बढी बिधार्थी र अभिभावकको सहभागिता रहेको थियो ।
मेलाको उद्घाटन नेपालका लागि अष्ट्रेलियन राजदूत पिटर बडले गर्नु भएको जानकारी दिइएको छ ।

उहाँले अन्तर्राष्ट्रिय शिक्षाले नेपाल र अष्टेलियाको आपसी सम्बन्ध विस्तार गर्न खेलेको भूमिकालाई जोड दिँदै अष्टेलियन शिक्षा प्राप्त गर्ने नेपाली विद्यार्थीसामु आउने अवसरका बारेमा बताउनुभएको थियो ।

यसै गरि जनवरी १८, मा चितवन (भरतपूर गार्डेन रिसोर्ट) र जनवरी १९ मा पोखरा (होटल पोखरा ग्राण्डी)मा विहान १० देखि बेलुकी ५ बजे सम्म कार्यक्रमको आयोजना हुने आयाजक संस्था एइसीसीले जनाएको छ ।

पोखरा र चितवनमा हुने कार्यक्रममा १४ कोर्ष प्रदायकको सहभागिता रहने जानकारी विज्ञप्ति मार्फत दिइएको छ । नेपालकै सर्वाधिक ठूलो अष्ट्रेलियन एजुकेशन फेयरका रुपमा लिइने यस मेलामा चितवन र पोखरामा ३ सय ५० भन्दा बढी विद्यार्थीको सहभागिता रहने अनुमान गरिएको छ ।

‘हामीले विद्यार्थी तथा तिनका अभिभावकले प्रत्यक्ष अष्ट्रेलियन कोर्ष प्रदायकलाई भेटी भर्ना, छात्रबृत्ति तथा भिसा डक्यूमेण्टेसन संग सम्बन्धित आफ्नो जिज्ञासा मेट्ने र जानकारी लिने अवसर प्रदानगर्ने सोचका साथ बर्षको दूई पटक आयोजना गर्दै आइरहेका छौँ । एईसीसी ग्लोबलका डेष्टिनेशन हेड सैलेश कुमार झाले भने ।

सन् २००८मा मेलबर्नमा स्थापित एईसीसी ग्लोबल अहिले ९ देश र २६ शहरमा सञ्चालित छ । प्रधानकार्यालय मेलबर्न अष्ट्रेलियामा रहेको एईसीसीले न्यू जील्याण्ड, क्यानेडा, यूएसए र यूकेकालागि समेत शैक्षिक परामर्श प्रदानगर्ने गर्छ । संस्थामा ४० भन्दा बढी क्यूईएुसी प्रमाणित शैक्षिक सल्लाहकारहरु आबद्ध रहेका छन् ।

एईसीसीले विद्यार्थीका लागि शिक्षाको आवश्यकता र तिनको जीवन महत्वलाई बुझी योग्य तथा उत्कृष्ट विद्यार्थीका लागि कलेजमा सर्वाधिक छात्रबृत्तिका लागि काउन्सिलिङ्गको प्रयास गर्छ ।

एईसीसी ग्लोबलले लामो समयदेखी विद्यार्थीहरुको भविष्यका लागि तिनका शैक्षिक तथा ब्यक्तिगत विशेषताका आधारमा विभिन्न सहयोग गर्दै आएको छ । एईसीसीले विभिन्न देशका ईम्मिग्रेसन पोलिसी, कोर्षकालागि सहि सल्लाह सुझाव, विश्वविद्यालय तथा तिनका लागि उपयुक्त देशका बारेमा परामर्श प्रदानगर्दै आइरहेको छ ।

संस्थाले शैक्षिक सहभागिताका लागि मात्र नभएर तिनको समग्र लक्ष्य प्राप्ति तथा उज्वल भविष्यलाई ध्यानमा राखि उचित परामर्श प्रदान गर्दै आएको छ । कम्पनीले आफ्नो नियमित कार्य तालिकाका रुपमा अष्ट्रेलियन एजुकेशन फेयर एण्ड इभेण्टको बर्षमा कम्तिमा दूई पटक आयोजना गर्दै आइरहेको छ ।

गतबर्ष संस्थाद्वारा आयोजित अष्ट्रेलियन एजुकेशन फेयरमा ९ सय भन्दा बढी विद्यार्थीले उत्साहजनक सहभागिता जनाएका थिए ।

Logo