वैदेशिक अध्ययनमा विद्यार्थीको चाप बढ्दो

वैदेशिक अध्ययनमा विद्यार्थीको चाप बढ्दो

केन्द्रबिन्दु
0
Shares

काठमाडौं, १ माघ ।

पछिल्लो समयमा नेपालबाट दैनिक सयौँ विद्यार्थी विदेश पढ्न जाने गरेका छन् । उच्च शिक्षा अध्ययनका लागी विदेशिने विद्यार्थीले अध्ययन अनुमति पत्र लिन अपनाउनुपर्ने प्रकृया र विदेशमा समस्यामा परेका अथवा गठिएका विद्यार्थीहरुलाई नेपाल सरकारले गर्ने सहयोगका बारेमा शिक्षा मन्त्रालयका वैदेशिक अध्ययन अनुमति व्यवस्थापन शाखाका उपसचिव यामनारायण घिमिरेसँग केन्द्रबिन्दु संवाददाता प्रेम कुमार श्रेष्ठले गरेको अन्तर्वार्ता:

१ वैदेशिक अध्ययन अनुमति पत्र (नो अब्जेक्सन लेटर) लिनका लागि के कस्तो प्रक्रिया छ ?

नो अब्जेक्सन लेटर लिनका लागि विद्यार्थीले नेपाली नागरिकता, पढ्न जाने तहभन्दा एक तहको सर्टिफिकेट र पढ्न जाने देशबाट कलेजले पठाएको अफर लेटर लिएर आउनु पर्छ । यदि विद्यार्थीले प्राविधिक विषय पढ्न जान लागेका हुन भने सम्बन्धित नेपाल संस्थाबाट पनि अनुमति लिनु पर्दछ ।

२ दैनिक कति जना विद्यार्थीले नो अब्जेक्सन लेटर लिन आउनु हुन्छ ?

न्यूनतम एक सय ५० जनादेखि तीन सय जनासम्म विद्यार्थी दैनिक आउने गरेका छन् । मार्च र अर्पिलतिर जापानको आवेदन खुलेको बेलामा दैनिक एक हजारसम्म सेवा लिन आउने गरेका छन् ।

३ विद्यार्थीहरु विदेश जाने यति ठूलो लहर चलेको छ, यसलाई रोक्नका लागि सरकारले कुनै कदम चाल्न सकिदैन ?

स्वभावमा भन्ने हो भने नेपालको पढाई सकेर वा विदेश पढ्न जान्छु भन्दा रोक्न मिल्दैन । तर सुरक्षाका कारण नेपाल सरकारअन्तर्गत परराष्ट्र मन्त्रालय र शिक्षा मन्त्रालयले निर्देश गरेको देशका लागि नो अब्जेक्सन लेटर दिन मिल्दैन । अरु देशका हकमा भने दिने गरेका छौँ ।

४ छिमेकी मूलुक भारतमा पढ्न जाने विद्यार्थीले नाे अब्जेक्सन लेटर लिएका हुन्छन की हुँदैनन् ?

नेपालमा भएका विदेशी शैक्षिक संस्थामा अध्ययन गर्ने विद्यार्थीले पनि नो अब्जेक्सन लेटर लिनु पर्ने नेपाल सरकारले निणर्य गरेको हुनाले भारतमा अध्ययन गर्न जाने विद्यार्थीले पनि यो सेवा लिएर गएका हुन्छन् ।

५ विदेशमा गएर पढेका विद्यार्थीहरु पनि समस्यामा परेका हुन्छन्, यसका लागि नेपाल सरकारले हेर्ने गर्छ की गर्दैन ?

नेपाल सरकार विद्यार्थीकै लागि भनेर कुनै सुविधा दिएकोे छैन तर विद्यार्थीले भोगेको दुःख, पीडामा नजिकको राजदुतलाई खबर गरेर जानकारी गराउने र समस्याको समाधान गर्न सक्दछन् ।

Logo