केन्द्रबिन्दु सम्बाददाता 

काठमाडौँ, २९ पुस ।  सात महिनापछि कक्षा ११ को नतिजा आज (शनिबार) सार्वजनिक हुने भएको छ । "/>

कक्षा ११ को नतिजा आज, नतिजा पाउन गाह्रो हुने

कक्षा ११ को नतिजा आज, नतिजा पाउन गाह्रो हुने

केन्द्रबिन्दु
0
Shares

केन्द्रबिन्दु सम्बाददाता 

काठमाडौँ, २९ पुस । सात महिनापछि कक्षा ११ को नतिजा आज (शनिबार) सार्वजनिक हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्डले शनिबार दिउँसो ४ बजे नतिजा सार्वजनिक गर्न लागेको हो ।

ग्रेडिङ प्रणाली अनुसार नतिजा सार्वजनिक गर्न लागिएकाले नतिजा थाहा पाउन सकस हुने आंकलन गरिएको छ । एसईईले अपनाएको तरिका अनुसार नतिजा सार्वजनिक गर्ने कि अर्कै प्रणाली अपनाउने भन्ने बिषयमा सम्बधित निकायहरुबीच नै अन्यौल भएकाले नतिजा सार्वजनिक गर्न समेत ढिलाई भएको बुझिएको छ । नतिजा सार्वजनिक गर्ने जिम्मा पाएका संस्थाहरुलाई बोर्डले कुनै जानकारी दिएको छैन । यस बारेमा जानकारी नदिदाँ विद्यार्थीले समयमा परीक्षाफल थाह पाउन कठिन हुने संकेत देखिएको छ ।

देशभर ४ लाख ४९ हजार ५४ विद्यार्थीले परीक्षा दिएका थिए ।

Logo