काठमाडौं ,२८,पुस
सरकारद्वारा गठित विज्ञ समूहले सातै प्रदेशमा राष्ट्रिय विश्वविद्यालय खोल्नु पर्ने सुझाव दिएको छ। नेपालको सबैभन्दा जेठो त्रिभुवन विश्वविद्यालयलाई केन्द्रीय विश्वविद्यालय बनाउनु पर्ने चर्को दबाब बढिरहेका बेला सो समूहद्वारा सरकारलाई बुझाइएको प्रारम्भिक प्रतिवेदनमा आफ्नै विश्वविद्यालयको नामबाट क्याम्पस खोल्नु पर्ने कानुनी प्रावधान ल्याउन सुझाव दिएको हो। "/>

सातै प्रदेशमा विश्वविद्यालय खोल्नु पर्ने सुझाव

सातै प्रदेशमा विश्वविद्यालय खोल्नु पर्ने सुझाव

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ,२८,पुस
सरकारद्वारा गठित विज्ञ समूहले सातै प्रदेशमा राष्ट्रिय विश्वविद्यालय खोल्नु पर्ने सुझाव दिएको छ। नेपालको सबैभन्दा जेठो त्रिभुवन विश्वविद्यालयलाई केन्द्रीय विश्वविद्यालय बनाउनु पर्ने चर्को दबाब बढिरहेका बेला सो समूहद्वारा सरकारलाई बुझाइएको प्रारम्भिक प्रतिवेदनमा आफ्नै विश्वविद्यालयको नामबाट क्याम्पस खोल्नु पर्ने कानुनी प्रावधान ल्याउन सुझाव दिएको हो।

विज्ञहरूका अनुसार एउटा मात्रै केन्द्रीय विश्वविद्यालय बनाएर अन्यलाई क्षेत्रीय विश्वविद्यालय बनाउनु पर्ने तथा विश्वविद्यालय अनुदान आयोगले प्रदेशमा सञ्चालित विश्वविद्यालयलाई प्रादेशिक विश्वविद्यालय बनाउने गृहकार्य गरिरहेको अवस्थामा अहिले सबै प्रदेशमा राष्ट्रिय विश्वविद्यालय बनाउने प्रतिवेदन सरकार समक्ष पुगेको छ ।तत्कालीन प्रधानमन्त्री डा. बाबुराम भट्टराईको अध्यक्षतामा बसेको मन्त्रिपरिषद बैठकले त्रिविलाई केन्द्रीय विश्वविद्यालय बनाउने निर्णय गरेको थियो भने त्रिविका तत्कालीन उपकुलपति प्राडा माधव शर्माको कार्यकालमा त्रिविलाई राष्ट्रिय र अन्यलाई क्षेत्रीय विश्वविद्यालय बनाउने प्रस्ताव मन्त्रिपरिषदमा पेस भएको थियो।

त्रिविको सम्पत्तिबाट सञ्चालित मध्यपश्चिम, सुदूरपश्चिम र कृषि तथा वन विश्वविद्यालय स्थापना हुँदा डा. भट्टराईले त्रिविलाई केन्द्रीय विश्वविद्यालय बनाउने निर्णय गरेका थिए । ‘त्रिविलाई केन्द्रीय विश्वविद्यालय बनाउने निर्णय २०६९ सालमै भए पनि अन्य विश्वविद्यालयको विषयमा कुनै निर्णय भएन’, त्रिविका तत्कालीन रजिष्ट्रार प्राडा चन्द्रमणि पौडेलले भने– ‘हामीले प्रधानमन्त्री कार्यालयमा प्रस्ताव पेस गर्दा त्रिविको विषयमा निर्णय भएर पत्र पठाइएको थियो, हालसम्म निर्णय भएको थाहा छैन।’
नेपाल समाचारपत्रबाट

Logo