अब्रोड स्टडीः कमाउने कि पढ्ने ?

अब्रोड स्टडीः कमाउने कि पढ्ने ?

केन्द्रबिन्दु
0
Shares

भनिन्छ, दैनिक औसत १५ सय नेपाली रोजीरोटीको सिलसिलमा विदेशिन्छन् । तर, नेपालीहरु रोजगारको खोजीमा मात्र विदेश पस्दैनन् । संसारमै नाम चलेका कलेज/युनिभर्सिटीहरुवाट उत्कृष्ट शैक्षिक दक्षता हासिल गर्नका लागि पनि विदेशिने गरेका छन् ।

विदेशको विकास, बैभवले तानेर होस् या नेपालको अन्यौलग्रस्त परिस्थितीवा दिक्क भएर होस्, पढ्नका लागि विदेशिनेहरुको संख्या बर्षेनी बढ्दै गएको छ ।

स्वदेशमा आफ्नो भविष्य असुरक्षित ठानेर बैदेशिक शिक्षामा आकर्षित हुनेहरुको पंक्ति लामो छ । थुप्रै नेपाली युवायुवतीहरु राम्रो शिक्षा र सुरक्षित भविष्यकोे खोजीमा विदेश जाने तयारी गरिरहेका भेटिन्छन् । नेपाली शिक्षाको अवस्था अन्योलग्रस्त बनिरहेको बेला शैक्षिक पृष्टभूमि राम्रो भएका विद्यार्थीहरु शिक्षा आर्जनको लागि विदेश जाने क्रम बढ्न थालेको हो ।

युवा उमेरको रंगीन सपना प्राप्त गर्नका लागि पनि नेपाली युवायुवतीहरु आकाशको वाटो हुदै समुन्द्र पारीको देशमा अध्ययनको लागि जाने गरेका छन् । पढेर आफ्नो भविष्य बनाउन चाहने विद्यार्थीहरु नेपाली शिक्षा पद्धतीप्रति सन्तुष्ट छैनन् । त्यसैले स्तरिय अध्ययनको लागि उनीहरु विदेशिने गरेका हुन् ।

नेपालमा अध्ययनको लागि राम्रो वातावरण नपाएकाले मात्र होइन, विदेशको उच्चस्तरिय जीवनशैली र सम्पन्नतास“ग साक्षतकार गर्ने मोहले पनि धेरै नेपाली युवायुवती ध्यान वैदेशिक शिक्षातर्फ तानिएको हो । विभिन्न विकसित मुलुकहरुमा अध्ययन गर्न जानेहरु त्यहाँको उत्कृष्ट जीवनस्तरवाट बढी प्रभावित छन् ।

पर्याप्त सुख सुविधा भएको ठाउँमा जाने रहर सबैलाई हुन्छ । बिदेशमा शिक्षा हासिल गर्न पाउने अवसरलाई पनि धेरै विद्यार्थीले त्यहाँको सम्पन्नतासँग गाँसेर हेरेका छन् ।

बैदेशिक शिक्षाको लागि परामर्शदाताहरुका अनुसार मूलतः तीन कारणले नेपाली युवायुवतीहरु अध्ययनको लागि विदेशिने गर्छन् । नेपालको शिक्षा स्तरिय नठान्ने र पर्याप्त पैसा भएका परिवारका सदस्यहरु अध्ययनको लागि विदेश जान्छन् । कतिपय अध्ययनको लागि भनेर काम गर्न जान्छन् ।

यसैगरी आफ्नो परिवार विदेशमै भएकाहरु पनि स्टुडेन्ट भिषामा विदेश छिर्ने गरेका छन् । आर्थिक रुपले सम्पन्न परिवारका सदस्यले मात्र विदेशमा अध्ययन गर्न पाउ“छन् भन्ने मान्यता गलत भएको उनीहरुको भनाइछ ।

विदेशमा अध्ययन गर्नका लागि आर्थिक भन्दा पनि प्रमूख कुरा विद्यार्थीको शैक्षित दक्षता नै हो । शैक्षिक पृष्टभूमि राम्रा वनाएका विद्यार्थीहरु, जो पढाईमा अब्बल छन् उनीहरुले सत्प्रतिशत छात्राबृत्ति समेत पाउने गरेका छन् । यसरी छात्रबृत्तिमा जाने विद्यार्थीहरुलाई कतिपय कलेज युनिभर्सिटीले खाने र वस्नेको समेत व्यवस्था गरेको छ । फिनल्याण्ड, डेनमार्क, नर्वे जस्ता मुलुकका कलेज तथा युनिभर्सिटीहरुमा शत्प्रतिशत छात्राबृत्तिको व्यवस्था रहेको छ ।

धेरैजसो आर्थिक रुपले सम्पन्न घरानका छोराछोरी विदेशमा अध्ययन गर्नका लागि प्रयास गरिरहेका हुन्छन् । विदेशका कलेज एवं युनिभर्सिटीहरुले भने बिद्यार्थीको शैक्षिक क्षमतालाई बढी प्राथमिकता दिने गरेको छ ।

Logo