काठमाडौं,१०,पुस
मुलुककै जेठो विद्यालय दरबार हाइस्कुल पुनर्निर्माण हुने अनिश्चित भएको छ । चीन सरकारको लागतमा निर्माण हुने भनिएको उक्त विद्यालय काठमाडौं महानगरपालिका र पुरातत्व विभागले बखेडा निकालेपछि निर्माणको काम अनिश्चित भएको हो । "/>

नक्सापास नहुँदा मुलुककै जेठो विद्यालयको कन्तबिजोग

नक्सापास नहुँदा मुलुककै जेठो विद्यालयको कन्तबिजोग

केन्द्रबिन्दु
0
Shares

काठमाडौं,१०,पुस
मुलुककै जेठो विद्यालय दरबार हाइस्कुल पुनर्निर्माण हुने अनिश्चित भएको छ । चीन सरकारको लागतमा निर्माण हुने भनिएको उक्त विद्यालय काठमाडौं महानगरपालिका र पुरातत्व विभागले बखेडा निकालेपछि निर्माणको काम अनिश्चित भएको हो ।

पुरातत्व विभाग र काठमाडौं महानगरपालिकाले नक्साको अन्तिम स्वीकृति नदिँदा निर्माणकार्य अलपत्र परेको सरोकारवाला निकायले बताएको छ । काठमाडौं महानगरपालिकाले मापदण्ड अनुसार नक्सा निर्माण नभएका कारण तत्काल स्वीकृति दिन नसक्ने जनाएको छ । कामपा नक्सा महाशाखा प्रमुख रामबहादुर थापाले मापदण्ड अनुसार नक्सा निर्माण गरेपछि मात्रै स्वीकृत दिन सक्ने स्पष्ट पारे । भूकम्प प्रतिरोधी भवन निर्माण गर्नुपर्ने अवस्थामा हचुवाको भरमा डिजाइन बनाएकाले सोही नक्सा पास गर्न नसकिने उनको भनार्इ छ । महाशाखा प्रमुख थापाले महानगरसँग नक्सा स्वीकृत गर्न आएपछि महानगरपालिकाको मापदण्ड पूरा गर्नै पर्ने बताए ।

पुरातत्त्व विभागले परम्परागत सामग्री प्रयोग गरेर पुनर्निर्माण गर्न मञ्जुर भएपछि मात्रै निर्माण स्वीकृति दिन सकिने जनाएको छ । विभागका सिनियर डिभिजन इन्जिनियर सम्पत घिमिरेले पुरानै सामग्री प्रयोग गर्ने कि नयाँ भन्ने विषयमा विवाद देखिएको बताउँदै यस विषयमा छलफल जारी रहेको जानकारी दिए । उनले भने – ‘हामीले अध्ययन गरिरहेका छौं, केही दिनमा निर्णय गर्छौं।’ विभागले निर्णय गरे पनि महानगरपालिकाले नक्सा स्वीकृत नगर्दा निर्माण गर्न पाइँदैन ।
नेपाल समाचारपत्रबाट

Logo