१५ दिनपछि होशमा आए कमेडियन राजु श्रीवास्तव

१५ दिनपछि होशमा आए कमेडियन राजु श्रीवास्तव

केन्द्रबिन्दु
0
Shares

भारतीय कमेडियन राजु श्रीवास्तवको स्वास्थ्य अवस्थामा सुधार आएको छ।  १५ अगस्टमा हृदयघातका कारण ढलेका राजुलाई दिल्लीस्थित एम्स अस्पतालमा भर्ना गरिएको थियो।

चिकित्सकको टोलीले उनको हरेक पल निगरानी गरिरहेको छ । सबैले राजुलाई निको होला भन्ने आशा गरेका थिए । सबैले राजुको स्वास्थ्य लाभको लागि प्रार्थना गरिरहेका छन् र अब राजुलाई अन्ततः होश आएको छ।

राजु श्रीवास्तवका पीआरओ र सल्लाहकार अजित सक्सेनाले हास्यकलाकारको स्वास्थ्य अवस्थाबारे जानकारी दिएका छन् । उनले भने( ‘राजु श्रीवास्तवलाई बिहान ८।१० बजे होश आयो।’ राजु होशमा आएसँगै हास्य कलाकारको परिवारको मुहारमा मुस्कान फर्किएको छ । उनको शिघ्र स्वास्थ्य लाभको कामना गरिरहेका राजुका सबै फ्यानहरुले पनि राहतको सास फेरेका छन् ।

स्रोतबाट प्राप्त जानकारी अनुसार राजुलाई बिहान ८:१० बजे होश आयो । त्यसपछि राति ९ बजे चिकित्सकको टोलीले राजुको अवस्था पनि जाँच गरेको थियो । अघिल्लो दिन राजुको मस्तिष्कका तीन नसामध्ये एउटा अझै पनि अवरुद्ध रहेको र उपचार जारी रहेको चिकित्सकले बताएका थिए । राजुको उपचारका लागि चिकित्सकहरुले न्यूरोफिजियोथेरापीको सहयोग लिइरहेका छन् ।

राजु श्रीवास्तवका नजिकका मित्र अशोक मिश्राका अनुसार जब राजुलाई होस आयो, उनले स्पष्ट बोल्न नसके पनि ‘हो, म ठीक छु’ भनेका छन् ।

उनको बोली स्पष्ट त थिएन, तर उनको लिप्सिङबाट थाहा भएको हो । लामो समयदेखि खानपान बिना रहेका राजुको स्वर लड्खडाएको थिए । उनले त्यति बोलेपछि राजुकी श्रीमतीले तुरुन्त डाक्टरलाई बोलाएकी थिइन् ।

Logo