आशिकी फिल्मकी नायिका ‘अनु’ यस्ती भइन

आशिकी फिल्मकी नायिका ‘अनु’ यस्ती भइन

केन्द्रबिन्दु
0
Shares

सन् १९९० मा रिलिज भएको फिल्म आशिकीमा देखिएकी नायिका अनु अग्रवाल पूरै परिवर्तन भएकी छिन् । 

टिभी होस् वा बलिउड, ताराहरूको पहिचान तबसम्म रहन्छ जबसम्म तिनीहरू मानिसहरूमा देखा पर्छन् । यस्ता धेरै ताराहरु छन् जो एक समय चम्किला थिए तर आज उनिहरु गुमनाम जीवन बिताइरहेका छन् । कोही गरिब भए, कोहिले आफ्नो पेसा बदले । आज हामी तपाईलाई बलिउडकी ती अभिनेत्रीको बारेमा बताउन गइरहेका छौँ, जसको बारेमा धेरै चर्चा हुनेगथ्र्याे ।

यी अभिनेत्रीको नाम अनु अग्रवाल हो, अहिले उनको तस्विर हेर्दा उनलाई चिन्न पनि मुस्किल हुन्छ । किनकी उनी पूरै परिवर्तन भइसकेकी छिन् । जानकारीको लागि बताउ अनु अग्रवाल ‘आशिकी’ फिल्ममा मुख्य भूमिकामा देखिएकी थिइन् । तर त्यतिबेलाको उनको तस्बिर र उनले हालै इन्स्टाग्राममा शेयर गरेको तस्विरमा ठूलो भिन्नता छ । 

बलिउड अभिनेत्री सन् १९९० मा रिलिज भएको फिल्म ‘आशिकी’मा देखिएकी थिइन् । यो फिल्म महेश भट्टले निर्देशन गरेका हुन् । फिल्मले अनु अग्रवाललाई रातारात स्टार बनाएको थियो । 
 

दुर्घटनाका कारण अनुको जीवन परिवर्तन 

अनु अग्रवालको लुक दुर्घटनापछि फेरियो । सन् १९९९ मा उनको दुर्घटना भएको थियो, त्यसपछि उनी बलिउड फिल्ममा देखिन छोडिन । यो दुर्घटनाले उनको अनुहार पुरै बिगारेको थियो । 
 

डाक्टरले अनुको बारेमा यसो भनेका थिए

सन् १९९९ मा अनु अग्रवालको दुर्घटना हुँदा डाक्टरले उनको परिवारलाई उनी तीन वर्षभन्दा बढी बाँच्न नसक्ने बताएका थिए । तर डाक्टरको कुरालाई पूर्ण रूपमा गलत साबित गरेकी उनी २३ वर्षपछि पनि पूर्ण रूपमा फिट छिन् । 

 

Logo