‘मेगा ब्लकबस्टर’को ट्रेलर सार्वजनिक

‘मेगा ब्लकबस्टर’को ट्रेलर सार्वजनिक

केन्द्रबिन्दु
0
Shares

केही दिनअघि केही ठूला अभिनेता र क्रिकेटरले आ–आफ्नो सामाजिक सञ्जालमा एक पोस्ट सेयर गरेका थिए ।

जसमा ती ब्यक्तिहरु भिन्न शैलीमा देखिएका थिए । मानिसहरूले सोचेका थिए कि उनीहरुको कुनै फिल्म आउँदैछ, जसको नाम ‘मेगा ब्लकबस्टर’ हुनेछ । नलागुन पनि किन, सबैले यो पिल्मको ट्रेलर आउने कुरा बताएका थिए । 

कमेडियन कपिल शर्मा, क्रिकेटर सौरभ गांगुली, रोहित शर्मा, अभिनेता रणवीर सिंह, अभिनेत्री रश्मिका मन्डन्ना र दीपिका पादुकोणले सामाजिक सञ्जालमा ‘मेगा ब्लकबस्टर’ को पोस्टर सार्वजनिक गरेका छन्।

यी सबै एउटै देखिने कुराले फ्यानहरू पनि निकै उत्साहित थिए । फिल्मको ट्रेलर आज अर्थात सेप्टेम्बर ४ का दिन रिलिज भएको छ । तर फिल्मको ट्रेलर बारे सौरभ गांगुली बाहेक सबैले झुटो बोलेका थिए । 
‘मेगा ब्लकबस्टर’ फिल्म होइन । यो कुनै सिरिज पनि होइन, न टिभी शो न अवार्ड शो नै । यस्तै यस्तै कुराहरु पोष्ट गर्दै स्टारहरुले आफ्ना फ्यानलाई झुक्याइरहेका थिए । 

तर सौरभ गांगुलीले यस विषयमा अन्जानमा पोल खोलेका हुन् । कम्पनीले उनलाई पठाएको पोस्टर र टेक्स्ट सम्पादन नै नगरी सामाजिक सञ्जालमा पोष्ट गरेपछि यो विषयमा सबैले थाहा पाएका हुन । 

Logo