‘टिकट टु प्याराडाइज’ फिल्ममा किस सिनका लागि जर्ज क्लुनी र जुलिया रोबर्ट्सले लिए ८० टेक

‘टिकट टु प्याराडाइज’ फिल्ममा किस सिनका लागि जर्ज क्लुनी र जुलिया रोबर्ट्सले लिए ८० टेक

केन्द्रबिन्दु
0
Shares

जतिसुकै अनुभवी कलाकार भएपनि हरेक पटक क्यामेराको अगाडि जानु नयाँ अनुभव हो । 

यही कारण ओस्कार विजेता जर्ज क्लुनी र जुलिया रोबर्ट्सले आफ्नो नयाँ फिल्म ‘टिकट टु प्याराडाइज’का लागि चुम्बन दृश्य शूट गर्दा एक चुम्बनको लागि ८० टेक लिएका छन् । यो कुरा उनी आफैंले बताएका हुन् । उनको फिल्म ‘टिकट टु प्याराडाइज’ अक्टोबरमा विश्वभर रिलिज हुँदैछ ।  
फिल्मको छायांकन अष्ट्रेलियामा भएको र विश्वभरका चर्चित कलाकारमा गनिने यी कलाकार ६ वर्षपछिसँगै पर्दामा फर्किएका हुन् ।

जर्ज क्लुनी र जुलिया रोबर्ट्सले ओशियन्स इलेभेन र मनी मोन्स्टर जस्ता फिल्महरूमासँगै काम गरेका छन् । दुवै धेरै मिल्ने साथी हुन् । ६१ वर्षीया क्लुनीले दुई ओस्कर र ५४ वर्षीया जुलिया रोबर्ट्सले ४ ओस्कार जितेका छन् । टिकट टु प्याराडाइजको सुटिङको बारेमा कुरा गर्दै क्लुनीले मिडियालाई भने ‘हामी चुम्बन दृश्य देखेर छक्क परेका थियौं र धेरै हाँसेका पनि थियौं । 

क्लोनीका अनुसार ७९ औं टेकसम्म हामी हाँसेका थियौं र गम्भीर हुन सकेनौं । तर त्यसपछि हामीले कामलाई गम्भिर रूपमा लियौं र एकै टेकमा त्यो किसिङ सीन ग¥यौं । 

Logo