‘विक्रम वेधा’ फिल्मको ट्रेलर सार्वजनिक

‘विक्रम वेधा’ फिल्मको ट्रेलर सार्वजनिक

केन्द्रबिन्दु
0
Shares

ऋतिक रोशन र सैफ अली खान स्टारर फिल्म ‘विक्रम वेधा’को ट्रेलर सार्वजनिक भएको छ । 

ट्रेलरमा सैफ अली खान पुलिसको भुमिकामा देखिएका छन् भने ऋतिक रोशन ग्याङस्टार वेधाको भुमिकामा देखिएका छन् । ट्रेलरमा ऋतिक रोशन र सैफ अली खान बिच घमासान युद्ध भइरहेको देखाएको छ । ट्रेलर रिलिज भए देखि यो समाचार लेख्दा सम्म अर्थात ४ घन्टामै ४ मिलियन भ्यु पाइसकेको छ । 

यो फिल्म सन् २०१७ मा रिलिज आर माधवन र विजय सेतुपति अभिनित तमिल फिल्मको हिन्दी रिमेक हो । सन् २०१७ मा रिलिज ‘विक्रम वेधा’ फिल्मले आफ्नो ११० करोड बजेटमा ६०० करोड भन्दा बढीको व्यापार गरेको थियो । 

आज सार्वजनिक भएको फिल्मी ट्रेलर विक्रम वेधा १५० करोडमा निमार्ण भएको हो । यो फिल्ममा ऋतिक रोशन, सैफ अली खान, राधिका आप्टे, रोफिक खान लगायत कलाकारहरुको मुख्य अभिनय रहेको छ । फिल्म सेप्टेम्बर ३० का दिन रिलिज हुने छ ।    

Logo