‘ब्रह्मास्त्र’ मा शाहरुख खानको क्यामियो कंफर्म !

‘ब्रह्मास्त्र’ मा शाहरुख खानको क्यामियो कंफर्म !

केन्द्रबिन्दु
0
Shares

रणवीर कपुर र आलिया भट्टको फिल्म ‘ब्रह्मास्त्र’ हलमा रिलिज भएको छ । 

पहिलो दिन र पहिलो शो हेरेपछि ट्वीटरमा पनि प्रतिक्रिया आउन थालेका छन् । अहिले सम्म अयान मुखर्जीको फिल्ममा शाहरुख खान पनि क्यामियोमा देखिने खबर आएको थियो तर अब यसको आधिकारीक पुष्टि भएको छ । सोसल मिडियामा थिएटर भित्रबाट केही भिडियोहरु लिक भएका छन् । यी भिडियोहरूमा शाहरुख खान देखिएका छन् । 

ट्विटरमा शाहरुख खानको एउटा भिडियो भाइरल भइरहेको छ । जसमा रणवीर कपूर हात जोडेका र मौनी रोय खलनायकको भूमिकामा देखिएका छन् । भिडियोमा शाहरुख खान घाइते देखिएका छन् र भन्दैछन्, ’ब्रह्मास्त्रको हरेक युद्धमा रोशनीले सधैं जित्छ ।’ यसपछि मौनीले शाहरुखलाई आक्रमण गरेको देखाइएको छ ।

ब्रह्मास्त्रको फस्ट डे र फस्ट् शो हेरेपछि ट्वीटरमा मानिसहरुको प्रतिक्रिया आउन थालेको छ । कसैले यसलाई ‘मेगा डिजास्टर’ भनेका छन् भने कसैले पटकथा राम्रो नभएको बताएका छन् ।
मिडिया रिपोर्टका अनुसार ब्रह्मास्त्रको बजेट ४१० करोड रुपैयाँ छ । यस्तो अवस्थामा फिल्मबाट निर्माताले ठूलो अपेक्षा गरेका छन् । तर, अर्कोतर्फ, बोयकट बलिउड जस्ता ह्यासट्यागहरू विगत केही दिनदेखि सामाजिक सञ्जालमा ट्रेन्डिङ भइरहेको छ । 

Logo