अक्षय कुमार ५५ का भए

अक्षय कुमार ५५ का भए

केन्द्रबिन्दु
0
Shares

अक्षय कुमारको जन्मदिन ९ सेप्टेम्बर अर्थात आज हो । 

आजबाट अक्षय ५५ वर्षमा लाग्दै छन् । लगभग ३० वर्ष बलिउडमा बिताएका उनले ३० वर्षे करिअरमा उनले १३० भन्दा बढी फिल्महरुमा अभिनय गरिसकेका छन् । उनले खेलेका फिल्म मध्ये १४ वटा फिल्मले बलिउडमा १०० करोड कमाई गरेका छन् । सन् १९८७ मा पहिलो फिल्म ‘आज’ बाट डेभ्यु गरेका उनको पछिल्लो फिल्म रंक्षाबन्धन हो । ५५ वर्षिय अक्षयलाई आज बधाई दिनको लागि ट्विटरमा ट्विटको बाढी आएको छ । यसै कारण ‘अक्षय कुमारलाई जन्मदिनको शुभकामना’ ट्विटरमा ट्रेन्डिङ बनिरहेको छ । 

के तपाईलाई थाहा छ अक्षय कुमारले बलिउड फिल्ममा विभिन्न किसिमका भूमिका निर्वाह गरेका छन् । विशेष कुरा के हो भने अक्षय कुमारलाई सबै किसिमका भूमिकामा उत्तिकै रुचाइएको छ । अक्षय कुमारले धेरै फिल्ममा आर्मी म्यानको भूमिका निर्वाह गरेका छन् । अक्षय कुमारको ‘केसरी’मा हवलदार ईशर सिंहको भूमिका निभाएका थिए । फिल्मले राम्रो चर्चासँगै बक्स अफिसमा पनि कीर्तिमानी व्यापार गरेको थियो ।

यसका अलावा ‘सूर्यवंशी’मा अक्षय कुमारले पुलिस अफिसरको भूमिका निभाएका थिए । उनी बाहेक यस फिल्ममा अजय देवगन र रणवीर सिंहले पनि महत्वपूर्ण भूमिका निर्वाह गरेका छन् । फिल्मलाई रोहित शेट्टीले निर्देशन गरेका थिए भने अक्षय कुमार एक पुलिस अफिसरको भूमिका निर्वाह गरेका थिए । अक्षय ‘जोली एलएलबी २’ मा वकिलको भुमिकामा थिए । यो फिल्मले पनि बक्स अफिसमा राम्रो कलेक्सन गरेको थियो । अक्षय कुमार फिल्म ‘बेबी’मा जासूसको भूमिकामा देखिएका थिए । यो फिल्मले निकै चर्चा पायो । यस्तै फिल्म नाम ‘शबानामा’ पनि उनले यस्तै भूमिका खेलेका थिए। ।
‘भुल भुलैया’मा अक्षय कुमारले एक प्रोफेसरको भूमिका निभाएका थिए जो मनोविज्ञानका प्रोफेसर थिए । उनी बाहेक यस फिल्ममा विद्या बालनको पनि महत्वपूर्ण भूमिका थियो ।

अक्षय कुमारले फिल्म ‘कमबख्त इश्क’मा स्टन्टम्यानको भूमिका निभाएका थिए । उनी बाहेक यस फिल्ममा करिना कपुरको पनि महत्वपूर्ण भूमिका थियो । फिल्मले बक्स अफिसमा खासै व्यापार गर्न सकेन । उनले खेलाडीको भूमिका पनि निर्भाह गरेका छन् । फिल्म ‘गोल्ड’मा उनले हक्की खेल्न माहिर तपन दासको भूमिका निर्वाह गरेका छन् ।
यस बाहेक अक्षय कुमार फिल्म पृथ्वीराजमा पनि देखिएका थिए । यो फिल्ममा उनले योद्धाको भूमिका निभाएका थिए ।

Logo