शाहरुख ओटीटी प्लेटफर्ममा डेब्यु गर्दै

शाहरुख ओटीटी प्लेटफर्ममा डेब्यु गर्दै

केन्द्रबिन्दु
0
Shares

बलिउड मनोरञ्जन जगतबाट हरेक दिन कुनै न कुनै नयाँ समाचार बाहिर आइरहेका हुन्छन् । 

अहिले पनि धेरै स्टारका फिल्म रिलिजको पर्खाइमा छन् भने धेरै फिल्म हलमा रिलिज भइसकेका छन् । यसै क्रममा सिलसिलामा शाहरुख खानको ओटीटी डेब्यूको खबर बाहिर आएको छ । 
अभिनेता शाहरुख खान लामो समयदेखि फिल्मी पर्दाबाट टाढा थिए । तर, यसपटक उनले आर माधवनको ‘रकेटरीः द नाम्बी इफेक्ट’ र रणवीर कपूरको पछिल्लो रिलिज फिल्म ‘ब्रह्मास्त्र’ मा देखिएका छन् । तर ती दुवै फिल्ममा उनी अतिथि भूमिकामा मात्र देखिएका छन् ।

शाहरुखका फ्यानहरु मुख्य कलाकारको रुपमा उनलाई पर्दामा देख्न प्रतिक्षारत छन् । फिल्मबाहेक शाहरुखको बारेमा अर्को एउटा रोचक खबर बाहिर आएको छ । रिपोर्टका अनुसार शाहरुख खान चाँडै आफ्नो ओटीटी डेब्यू गर्न लागेका छन् । पछिल्लो वर्ष मात्र उनले डिज्ने प्लस हट स्टारका लागि प्रोमोमा देखिएका थिए । रिपोर्टका अनुसार शाहरुख डिज्ने प्लस हट स्टारका लागि ओटीटीमा डेब्यु गर्दै छन् । 

Logo