हलिउडका ५ यस्ता ‘हरर’ फिल्म जसले दर्शकको सातो लियो

हलिउडका ५ यस्ता ‘हरर’ फिल्म जसले दर्शकको सातो लियो

केन्द्रबिन्दु
0
Shares

सिनेमाको संसार पनि रोचक छ । 

सिनेमाले हामीलाई हँसाउछ, रुवाउँछ र रोमान्स गर्न सिकाउछ । जब सिनेमामा कथाको कुरा आउँछ, यसले हाम्रो कल्पना र कल्पनाभन्दा बाहिरको संसारमा लैजान्छ । तर यी सबैको बीचमा सिनेमाको डरलाग्दो विधा यस्तो छ जसले हामीलाई डराउन बाध्य गराउछ । यो बिधालाई सिने जगतमा ‘हरर’ भनिन्छ। 

नेपाली सिने जगत होस वा दक्षिण भारतीय वा बलिउड, हलिउड लगभग हरेक विधामा हरर फिल्मको कडा प्रतिस्पर्धा छ । अन्य सिने जगत भन्दा हलिउडको सिने जगत भिन्न र विकसित मानिन्छ । त्यसैकारण हालका दिनमा पनि हलिउड डरलाग्दो फिल्म उत्पादन गर्ने मामलामा अन्य फिल्मी क्षेत्रभन्दा अघि रहेको छ । आज हामी यस्ता ५ हलिउडको डरलाग्दो फिल्मका बारेमा कुरा गर्नेछौं । जसलाई हेरेपछि दिमाग सुन्य र बोली ननिस्कन सक्छ । 

१. द शाइनिङ (१९८०)
आईएमडीबीको रेटिङका अनुसार ‘द शाइनिङ’ हलिउडको सबैभन्दा खतरनाक डरलाग्दो फिल्म हो । रोचक कुरा के छ भने यो फिल्म पनि सन् १९८० मा रिलिज भएको थियो । रिलिजयता ४२ वर्ष बितिसक्यो तर पनि यो फिल्मप्रति क्रेज भने घटेको छैन । यो फिल्मले आईएमडीबीमा ८.४ रेटिङ पाएको छ । यो फिल्मको कथा एउटा परिवारको हो । जो एकान्त होटलमा बसाइ सर्छन । एकातिर जाडोको रातको चिसो, अर्कोतिर यो सुनसान र उजाड होटल, जहाँ एकपछि अर्को अनौठा भुतिया घटना भइरहेका छन् । फिल्म भित्र परिवारको एक छोरा छ, जो मानसिक रोगी देखाइएको छ । तर त्यो बालकसँग हिजो र भोलिका अनौठा घटनाहरू देख्न सक्ने शक्ति छ । स्टेनली कुब्रिकद्वारा निर्देशित यस फिल्ममा ज्याक निकोल्सन, शेली डुवाल, ड्यानी लोयड र स्क्याटम्यान क्राउथर मुख्य भूमिकामा छन् ।

२. द एक्सोरसिस्ट (१९७३)
‘द एक्सोसाइट’ फिल्म हेर्नेहरूका लागि यो फरक स्तरको डराउने फिल्म लाग्न सक्छ । सन् १९७३ मा रिलिज भएको यो फिल्म विलियम फ्रेडकिनले निर्देशन गरेका हुन् । कथाको केन्द्रमा एउटी केटी छिन् जसलाई भूतको सायाले घेरेको छ । यो फिल्मले ओस्कारमा सर्वोत्कृष्ट फिल्मको अवार्ड पाएको थियो । फिल्म भित्र आमाले आफ्नी छोरीलाई अँध्यारो छायाबाट टाढा लैजान दुई पादरीको एक्सोसाइटबाट मद्दत लिएको देखाइएको छ । तर समय बित्दै जादा सानो छोरीको स्वास्थ्य अवस्था झनै बिग्रदै जान्छ । फिल्म रिलिज भएको वर्ष यो फिल्मलाई लिएर निकै विवाद भएको थियो । द एक्सोरसिस्टमा एलेन बर्सटिन, म्याक्स भोन सिडो, लिन्डा ब्लेयर र लिसा कोब्बो मुख्य भूमिकामा छन् । फिल्मले आईएमडीबीमा ८.१ रेटिङ पाएको छ ।

३. द अडर्स (२००१)
सन् २००१ मा रिलिज भएको फिल्म ‘द अदर्स’ सूचीमा तेस्रो सबैभन्दा डरलाग्दो फिल्मको रूपमा रहेको छ । यस फिल्मका निर्देशक एलेजान्ड्रो अमेनाबार हुन् । फिल्मको स्टारकास्ट पनि बलियो छ । फिल्ममा निकोल किडम्यान, क्रिस्टोफर एक्लेस्टन, फिओनुला फ्लानागन र अल्किना मन्नु मुख्य भूमिकामा छन् । ‘द अदर’को कथा एउटी आमा र उनका दुई सन्तानको बारेमा हो । फिल्ममा देखाइए अनुसार यी दुवै बालबालिकालाई फोटो सेन्सेटिभ रोग लागेको छ । फोटो सेन्सेटिभ भनेको घामको किरणबाट शरीरको अंग जल्ने रोगलाई बुझिन्छ । यसै कारण यो परिवारका सदस्यहरु आफ्ना बच्चाहरुसंग एक पुरानो र गोप्य अँध्यारो घरमा बस्छन् । फिल्म अघि बढ्ने क्रममा एक्कासि केही यस्ता घटना घट्छन् जसका कारण तीनै जना सदस्यलाई यो घर भित्र भुत छ भन्ने विश्वस्त हुन्छन् ।

४. द कन्जुरिङ (२०१३)
जेम्स वान निर्देशित ‘द कन्जुरिङ’ फ्रेन्चाइजको यो पहिलो फिल्म हो । फिल्मको कथा क्यारोलिन (लिली टेलर) र रोजर पेरोन (रोन लिभिङ्स्टन) वरपर घुमेको छ । जो आफ्नो परिवारसँग फार्महाउसमा बसाइसर्छन । चाँडै ती परिवारमा अनौठो घटनाहरु घट्न सुरु हुन्छ । परिवारका सदस्यहरुलाई नराम्रो सपना आउँन सुरु हुन्छ । जसका कारण परिवारले असाधारण घटना अनुसन्धानकर्ताहरू एड (प्याट्रिक विल्सन) र लोरेन वारेन (भेरा फार्मिगा) लाई यी घटनाहरूको अनुसन्धान गर्न बोलाउँछन् । एड र लोरेन वारेनलाई मद्दत गरेका कारण एउटा दुष्ट शक्तिले निशाना बनाउँछ । यो हरर फिल्मले आईएमडीबीमा ७.५ रेटिङ पाएको छ । जसका लागि ५ लाखभन्दा बढी प्रयोगकर्ताले भोट गरेका थिए ।

 

५. द रिङ (२००२)
सन् २००२ मा रिलिज भएको फिल्म ‘द रिङ’को मुख्य भूमिकामा नाओमी वाट्स, मार्टिन हेन्डरसन, डेभिड डर्फम्यान र ब्रायन कक्स रहेका छन् । गोर भेर्बिन्स्कीद्वारा निर्देशित फिल्ममा राहेल केलर (नाओमी वाट्स) एक समाचार पत्रको रिपोर्टरको भूमिका छन । उनी भिडियो टेपमा भएको तहहरूलाई अन्वेषण गर्ने काम गर्दछ । यो फिल्मा जसले श्रापित भिडियो हेर्छ उसको सात दिनपछि मृत्यु हुन्छ । कौतुहलका कारण राहेलले भिडियो टेप हेर्छिन् । उनले भिडियो टेप पछाडिको रहस्य के हो भनेर पत्ता लगाउछिन् । यो फिल्मले आईएमडीबीमा ७.१ रेटिङ पाएको छ । 

 

Logo