‘ब्रह्मास्त्र’को कमाईमा ब्रेक

‘ब्रह्मास्त्र’को कमाईमा ब्रेक

केन्द्रबिन्दु
0
Shares

करण जोहरको धर्मा प्रोडक्सन ब्यानरमा बनेको फिल्म ‘ब्रह्मास्त्र’ले बक्स अफिसमा राम्रो कमाई गरिरहेको छ । 

फिल्मले पहिलो दिनदेखि नै राम्रो कमाईको झण्डा फहराउदै आएको छ । सोमबार यता फिल्मको कलेक्शन गति केहि सुस्त भएको छ । फिल्मले पहिलो सातामै सय करोड क्लबमा प्रवेश गरेको थियो । रिपोर्टका अनुसार फिल्मको कमाई सुस्त भएको छ । बक्स अफिस इन्डियाको रिपोर्ट अनुसार अयान मुखर्जी निर्देशित फिल्मले हिन्दीमा १४ करोड र क्षेत्रीय भाषामा करिब २ करोड रुपैयाँ कमाएको थियो ।
रिपोर्टका अनुसार फिल्म ‘ब्रह्मास्त्र’को हिन्दी संस्करणको कमाई ५५ प्रतिशतले घटेको छ भने अन्य संस्करणका फिल्ममा ५०–६० प्रतिशतले गिरावट आएको छ । फिल्मले आइतवारसम्म १२२ करोड भन्दा बढी कमाइसकेको छ ।

रिपोर्टका अनुसार फिल्मले स्वदेशमा मात्रै नभई विदेशमा पनि राम्रो प्रतिक्रिया पाइरहेको छ । फिल्मले वल्ड्वाइल्ड कलेक्सनमा हालसम्म करिब २२५ करोडको व्यापार गरिसकेको छ ।
रणवीर कपूरको पछिल्लो फिल्म ‘शमशेरा’ सुपर फ्लप भएको थियो । रणबीरको आगामी फिल्म दक्षिण भारतीय अभिनेत्री रश्मिका मन्डन्नासँग फिल्म ‘एनिमल’ मा देखिदैछन् । यससँगै रणवीर निर्देशक लव रञ्जनसँग पनि फिल्म गर्दैछन् । जसको नाम भने तय भइसकेको छैन । यस फिल्ममा उनको साथमा श्रद्धा कपूर हुनेछिन् ।

यसैबीच आलियाको कुरा गर्ने हो भने उनी गर्भावस्थाका कारण आराम लिइरहेकी छिन् । उनको आगामी फिल्म ‘रकी र रानी’ हो । फिल्ममा उनीसँगै रणवीर सिंह, जया बच्चन, धर्मेन्द्र र शबाना आजमी पनि मुख्य भुमिकामा देखिनेछन् । 

Logo