जम्मु-कश्मीरमा ३२ वर्षपछि पुनः सिनेमा हल सञ्चालन, पहिलो दिन नै ‘लाल सिंह चड्डा’ प्रर्दशनीमा

जम्मु-कश्मीरमा ३२ वर्षपछि पुनः सिनेमा हल सञ्चालन, पहिलो दिन नै ‘लाल सिंह चड्डा’ प्रर्दशनीमा

केन्द्रबिन्दु
0
Shares

हिन्दी फिल्म उद्योगलाई सबैभन्दा मनपर्ने सुटिङ स्पट जम्मु–कश्मीरमा करिब ३२ वर्षपछि फेरि एक पटक सिनेमा हल सुरु हुन लागेको छ । 

जम्मू कश्मीरका लेफ्टिनेन्ट गभर्नर मनोज सिन्हाले आइतवार कश्मीरको शोपियान र पुलवामामा दुई सिनेमा हलको उद्घाटन गरेका छन् । हलको ओपनिङकै दिन आमिर खानको फिल्म ‘लाल सिंह चड्डा’ सिनेमा हलमा प्रदर्शन भएको छ । रिपोर्टका अनुसार कश्मीरमै पहिलो आइनक्स मल्टिप्लेक्स श्रीनगरमा खोलिनेछ । यो आइनक्स मल्टिप्लेक्स हलमा ५२० क्षमता भएका तीनवटा मल्टिप्लेक्स सञ्चालन हुनेछ ।

सन् १९९० मा श्रीनगरका सिनेमा हलहरू बन्द भएका थिए । ९० को दशकमा कश्मीरमा लगभग १५ थिएटर थिए । जसमध्ये ९ श्रीनगरमा थिए । ९० को दशकमा आतंकवादीहरूले सबै थिएटरहरू जबरजस्ती बन्द गराएको थियो । बन्ध भएको केही वर्ष पछि ती हलहरुलाई फेरि खोल्ने प्रयास गरिएको थियो, तर आतंकवादी फेरि बन्द गर्न गराएका थिए । 

Logo