३०० फिल्म खेलिसकेकी अभिनेत्री ‘जयकुमारी’को मृगौला फेल, उपचारका लागि आर्थिक अभाव

३०० फिल्म खेलिसकेकी अभिनेत्री ‘जयकुमारी’को मृगौला फेल, उपचारका लागि आर्थिक अभाव

केन्द्रबिन्दु
0
Shares

७२ वर्षीया दक्षिण भारतीय अभिनेत्री जयकुमारी लामो समयदेखि आर्थिक समस्यासँग लड्दै आएकी छिन् ।  

मृगौला फेल भएकी जयकुमारीको उपचारका लागि पैसा नभएको खबर बाहिर आएको छ । आर्थिक अभावका कारण जयकुमारीको हाल सरकारी अस्पतालमा उपचार भइरहेको छ । उनले आर्थिक सहयोग गर्न सर्वसाधारणलाई अपिल गरेकी छिन् । जयकुमारीले आफ्नो करियरमा करिब ३०० फिल्ममा काम गरिन् । उनी ६० देखि ७० को दशकसम्म चलचित्रमा निकै सक्रिय थिइन् ।

७२ वर्षीया जयकुमारीको उपचार चेन्नईको सरकारी अस्पतालमा चलिरहेको छ । पैसाको अभावमा उनी ठूला अस्पतालमा उपचार गराउन सकेकी छैनन् । अस्पतालको बेडमा बसिरहेको जयकुमारीको तस्बिर हाल सामाजिक सञ्जालमा भाइरल भइरहेको छ ।

उनले सरकारलगायत दक्षिणी फिल्मउद्योगसँग आवद्ध स्टारलाई पनि सहयोगका लागि अपिल गरेसकेकी छिन् । उनलाई सहयोग गर्न तमिलनाडुका स्वास्थ्यमन्त्री एम सुब्रमण्यम अगाडि आएको बताइएको छ । रिपोर्टका अनुसार जयकुमारीका पति नागपट्टिनम अब्दुल्लाको लामो समयअघि नै निधन भइसकेको थियो । उनका तीन सन्तानमध्ये २ छोरी र १ छोरा छन् । पछिल्लो समय जयकुमारी छोरासँग बस्छिन् । दुःख लाग्ने कुरा त के छ भने तीन छोराछोरीमध्ये कोही पनि आमाको अवस्था थाहा पाउन अस्पताल आएका छैनन् ।

साउथ फिल्म उद्योगमा जयकुमारीलाई चर्चित नायिकामा गनिन्छिन । उनले १६ वर्षको उमेरमा साउथ फिल्म उद्योगमा डेब्यु गरेकी थिइन । सन् १९६६ मा उनले फिल्म नादोदीबाट आफ्नो अभिनय करियर सुरु गरेकी थिइन । जयकुमारीले कलेक्टर मालती, मिन्निना मागा, हरमाना, नुत्रुक्कु नुरु, अनाथाई आनन्दन, फुटबल च्याम्पियन जस्ता चर्चित फिल्महरुमा अभिनय गरेकी छिन् ।
 

Logo