भारतीय फिल्म निर्माणमा पैसाको वर्षा

भारतीय फिल्म निर्माणमा पैसाको वर्षा

केन्द्रबिन्दु
0
Shares

हलिउड हुन् वा बलिउड वा अन्य कुनै फिल्मी क्षेत्र, ठूला बजेटका फिल्मलाई लिएर दर्शकमाझ सधैं नै उत्साह रहिरहेको हुन्छ । 

हालैको कुरा गर्ने हो भने ‘ब्रह्मास्त्र’ बलिउडको एउटा यस्तो फिल्म हो, जसले आजको समयमा हलमा धमाकामच्चाइरहेको छ । बलिउडमा आगामी दिनहरुमा पनि यस्ता धेरै बिग बजेटका फिल्महरु आउन लागेका छन् जसमा पैसा पानी जस्तै बगाइएको छ । आउनुहोस्, आजको लेखमा भारतीय सिने जगतमा बन्दै गरेका  बिग बजेट फिल्महरुको सूची हेरौं… 

मणिरत्नम 
‘मणिरत्नम’को पान इन्डिया फिल्म ‘पोन्नियिन सेल्वान पार्ट १’ को ट्रेलर सार्वजनिक भइसकेको छ । ऐश्वर्या राय बच्चन यो फिल्मबाट ठूलो पर्दामा कम ब्याक गर्दैछिन् । उनीहरु बाहेक फिल्ममा विक्रम, कार्ती, जयम रवि, तृषा र शोभिता धुलिपला पनि छन् । एआर रहमानको संगीतले सजिएको यस फिल्मको बजेट ५०० करोड रहेको बताइएको छ ।

आदिपुरुष
प्रभास, सैफ अली खान र कृति सेननको आगामी फिल्म आदिपुरुषको कथा रामायणमा आधारित छ । यो फिल्म ४ सय करोडको बजेटमा बन्ने रिपोर्टमा बताइएको छ ।

टाइगर ३
सलमान खान र कट्रिना कैफ टाइगर ३ मा देखिनेछन् । रिपोर्टका अनुसार यो फिल्म ३५० करोडमा बनिरहेको छ ।

एसएस राजामौली र महेश बाबुको फिल्म (नाम खुलिसकेको छैन)
सबैजना एसएस राजामौलीको हरेक फिल्मको प्रतिक्षामा हुन्छन् । राजामौलीको नयाँ फिल्म महेश बाबुसँग गर्दैछन् । फिल्मको औपचारिक घोषणा भने भइसकेको छैन । एजेन्सीका अनुसार यो फिल्म ८ सय करोडमा बन्नेछ । 

बड़े मियां छोटे मियां
अक्षय कुमार र टाइगर श्राफ पहिलो पटक फिल्म ‘बड़े मियां छोटे मियां’ मा एकसाथ काम गर्दैछन । यो फिल्मको बजेत ३०० सय अकलन गरिएको छ । यो फिल्मको निर्देशक अली अब्बास जफर हुन् ।  

पुष्पा २ः द रुल 
अल्लु अर्जुन पुष्पाको सिक्वेल पुष्पा २ः द रुलबाट पर्दामा फर्किनेछन् । निर्देशक सुकुमारले यो फिल्म बनाउँदैछन् । यो फिल्म तेलुगु बाहेक अन्य धेरै भाषामा रिलिज हुनेछ र यो पछिल्लो पटक भन्दा ठूलो स्केलमा विश्व सिने हलहरुमा आउनेछ । फिल्मको बजेट करिब ४०० करोड रहेको बताइएको छ । 

प्रोजेक्ट के
प्रभाससँग पुन एक पटक बिग बजेट फिल्ममा आउँदै छन् । जसको नाम प्रोजेक्ट के राखिएको छ । प्रभासँगै उनको साथमा दीपिका पादुकोण र अमिताभ बच्चन पनि फिल्मको मुख्य भूमिकामा छन् । नाग अश्विन निर्देशित फिल्मको बजेट करिब ६०० करोड रहेको बताइएको छ ।

Logo