अभिनेत्री रतन राजपूतको कास्टिङ काउच अनुभव : ‘एक ६५ वर्षिय निर्माताले आफ्नै छोरी बलिउडमा आए उसलाई पनि….

अभिनेत्री रतन राजपूतको कास्टिङ काउच अनुभव : ‘एक ६५ वर्षिय निर्माताले आफ्नै छोरी बलिउडमा आए उसलाई पनि….

केन्द्रबिन्दु
0
Shares

अभिनेत्री रतन राजपूतले बलिउड उद्योगमा रहेको कास्टिङ काउचको बारेमा चकित पार्ने खुलासा गरेकी छन् । 

‘अगले जनम मोहे बिटिया ही किजो’ जस्ता सिरियलमा आफ्नो क्षमता प्रमाणित गरिसकेकी अभिनेत्री रतन राजपूतले आफ्नो करिअरमा भोगनु परेको कास्टिङ काउचको बारेमा चकित पार्ने खुलासा गरेकी हुन् । 
भ्लग मार्फत आफ्ना फ्यानहरूसँग जोडिने रतनले हालै पोष्ट गरेको भ्लगमा आफ्नो आफ्नो संघर्ष समयका किस्साहरू साझा गरेकी हुन । उनका अनुसार ६०–६५ वर्षका एक निर्माताले आफ्नै छोरी फिल्मी क्षेत्रमा आए उनीसँग पनि सुत्न नहिचकिचाउने बताएकी छिन् ।

भ्लगमा बोल्दै रतनले भनिन, “यो घटना सन् २००८ को हो, म मुम्बईमा नयाँ– नयाँ नै थिएँ । सुरुसुरुमा म चुपचाप रोएँ र डराए । उहाँ ६०–६५ वर्षको हुनुहुन्थ्यो । उसले मलाई आफ्नो लुक परिवर्तन गर्न भन्यो । उसले मलाई आफ्नो कपाल हेर, छाला हेर, कस्तो लुगा लगाका ? तिम्रो सबै मेकओभर गर्नु पर्छ । त्यसका लागि कमसेकम दुई देखि साढे दुई लाख रुपैयाँ लाग्नेछ । तर म किन तिम्रो लागि लाखौं खर्च गरूँ ? तिमी म प्रति गडफादर बन्नुपर्छ । मेरो साथी बन्नु।  

रतनका अनुसार निर्माताको कुरा सुनेपछि उनले तपाई मेरो बुवाको उमेरको हुनुहुन्छ भनेकी थिइन । म तपाईलाई कसरी साथी बनाउँ ? म तपाईलाई सम्मान गर्छु तपाईलाई आफ्नो बुवालाई जस्तो माया गर्नेछु । मैले यस्तो भनेको सुन्दा त्यो  मान्छे रिसाउदै मलाई भन्यो ‘यहाँ गाईड साइड केहि हुदैन, यहाँ मित्रता हुन्छ । नायिका बन्न आएको हो भने नाटक बन्द गर । अलिकति स्मार्ट हौं । रतनका अनुसार ती व्यक्तिले उनीसँग आधा घण्टा कुरा गरेका थिए । रतनका अनुसार ती व्यक्ति ती ब्यक्ति छेउ न टुप्पोको कुरा गर्दै थिए ।  

रतन अझै भन्छिन्, “जब मैले उहालाई तपाई मेरो बुबाको उमेरको हुनुहुन्छ भने, त्यो मान्छेले मलाई भन्यो ‘सुन यदि मेरी छोरी पनि अभिनेत्री बन्ने भए कि भए म उनीसँग पनि सुत्ने थिएँ ।’ रतनका अनुसार उनी जसौतसौ त्यहाँबाट निस्किइन् । त्यो मान्छेले उनलाई केही गरेन । तर यो घटनाले उनको जिवनमा नराम्रो असर गर्यो । उनी एक महिनासम्म कुनै पनि प्रकारको मितिङमा गइनन् । त्यो घटना सम्झदा उनको होस नै उड्ने बताउछिन् । 

रतनले भनिन, ‘यो घटनापछि मैले कुनै फिल्मको लागि प्रयास गरिनँ, आज पनि मलाई लाग्छ त्यो मान्छे कतै भेटिएमा उसको अनुहारमा हिर्काउन मन लाग्छ । जसले आफ्नो छोरीको बारेमा यस्तो फोहोरी कुरा गर्यो । सोच्नुस् त त्यो कस्तो लाजमर्दो मान्छे होला ? यो कास्टिङ काउचलाई के भन्ने ? यो मेरो जिवनमा घटेको अचम्मको घटना हो । यदि आजको दिनमा कसैले मलाई यस्तो कुरा भन्यो भने म उसलाई जुत्ता जुत्तैले पिटिदिन्छु ।

रतनले बलिउड उद्योगमा आउने कलाकारहरुलाई फिल्म सम्झौता नगर्न आग्रह गरिन । उनी भन्छिन् आफ्नो मेहनतको बलमा अगाडि बढ्नुहोस् । यस्तो सम्झैता कहिल्यै नगर्नुहोस्, जसले तपाईलाई कहिल्यै सफल बनाउदै ।

रतनको अभिनय करियरको बारेमा कुरा गर्ने हो भने, उनी पछिल्लो पटक सन् २०२० मा टेलिभिजन सिरियल ‘सन्तोषी माँ, सुनाए व्रत कथाएँ’ मा देखिएकी थिइन् । उनी आफ्नो युट्युब च्यानल मार्फत दर्शकहरुसंग जोडिने गर्छिन् ।

Logo