सलमान खानको ‘बिग बोस १६’ को अफर करण पटेलले त्यागे ?

सलमान खानको ‘बिग बोस १६’ को अफर करण पटेलले त्यागे ?

केन्द्रबिन्दु
0
Shares

करण पटेल विगत केही दिनदेखि सामाजिक सञ्जालमा ट्रेन्डिङ बनिरहेका छन् ।

किनभने उनी चाँडै ‘बिग बोस १६’ मा देखिने अनुमान गरिएको थियो । तर उनीसँग जोडिएको यो खबर झुटो भएको खबर फ्यानहरुले थाँहा पाउँदा फ्यानहरुको सबै निराश बनेका छन् । 
चर्चित टिभी अभिनेता करण पटेल अभिनयका साथै आफ्नो स्टाइलका कारण पनि निकै चर्चित छन् । तर हालै उनकी श्रीमती अंकित भार्गव र उनको पीआरले इन्स्टाग्राममा स्टोरी सेयर गरेर यो जानकारी दिएका छन् । अंकिता भार्गवले आफ्नो इन्स्टाग्राम स्टोरीमा लेख्छिन् ‘करण पटेलसँग सम्बन्धित यी सबै कुरा अफवाह मात्र हुन् अरू केही होइन ।’

अंकिता भार्गवले करण पटेल ‘बिग बोस १६’ मा सामेल भएको खबरलाई खारेज गर्दै इन्स्टाग्राम स्टोरीमा लेखेकी छिन्, “म तपाईहरुको उत्साह बुझ्छु । तर यी अफवाह मात्र हुन् । उनी यो पटक कुनै पनि कारणले ‘बिग बोस १६’ को हिस्सा बन्नेछैनन् । तर केही केहि समयपछि धेरै राम्रो खबर आउदै छ, यस्तै माया बनाइराख्नुहोला ।”

‘बिग बोस १६’ मा आफु जाने खबर झूटो बताउदै करण पटेलको पिआरले लेखेका छन् “हाम्रो बारे यस्तो कुरा गर्ने सबैलाई मेरो नमस्कार । करण बिग बोसको हिस्सा बन्दैनन । यो सब अफवाह मात्र हो । मेरो पोस्टलाई आधिकारिक बयानको रूपमा लिनुहोस् उहाँ शोको हिस्सा बन्नुहुन्न।”

Logo