साकिरालाई मुद्दा चलाउन अनुमति, यस्तो छ कारण

साकिरालाई मुद्दा चलाउन अनुमति, यस्तो छ कारण

केन्द्रबिन्दु
0
Shares

कोलम्बियन पप स्टार साकिरामाथि कर छलीको मामलामा स्पेनको एक अदालतले मुद्दा चलाउन अनुमति दिएको छ ।

स्पेनिस अभियोजकले सन् २०१८ मा गायिकामाथि सन् २०१२ र सन् २०१४ को बीच आर्जित आम्दानीबाट १४ दशमलब ५ मिलियन यूरो कर भुक्तान नगरेको र कर विभागलाई धोका दिएको आरोप लगाएको छ । अभियोजकले साकिरालाई आठ वर्षको जेल सजाय र अधिकतम् जरिवाना भराउन माग गरेको छ ।

साकिराले भने आफूमाथि लागेको आरोपको खण्डन गर्दै आफूले कुनै पनि गलत काम नगरेको दाबी गरेकी छन् । उनले मुद्धाबाट बच्नका लागि एक अधिकारीसँग सम्झौता गर्नुपर्ने प्रस्तावलाई अस्वीकार गरेकी छन् । ‘उनले सबै कर बुझाएकी छन् । उनीमाथि जुन बाँकी हो, त्यो ३ मिलियन यूरो व्याज मात्र हो’, उनको जनसम्पर्क अधिकृतले भनेका छन् ।

बार्सिलोनाको एस्प्लग्यूज डी लोब्रेगेट शहरमा रहेको अदालतले साकिराले कर छलीको ५ मामलाको सामना गर्नुपर्ने बताएको छ । यद्यपि यो मामलामा अदालतले औपचारिक रेफरलको घोषणा गरेको छैन र ट्रायलका लागि मिती पनि तोकेको छैन ।

एजेन्सी
 

Logo