‘रणवीरको कमाई आलिया’को भन्दा दोब्बर

‘रणवीरको कमाई आलिया’को भन्दा दोब्बर

केन्द्रबिन्दु
0
Shares

स्टार किड भए पनि रणवीर कपुर आफ्नो सीपको भरमा दर्शकको मनमा राज गर्न सफल भएका छन् । 

सन् २००७ मा ‘सावरिया’ देखि सन् २०२२ मा ‘ब्रह्मास्त्र’सम्म आइपुग्दा रणवीरले लामो यात्रा तय गरिसकेका छन् । चकलेटी ह्यान्डसम नायकको छविबाट बाहिर निस्केर रणवीरले विभिन्न भूमिकामा खेलेर आफ्नो बहुमुखी प्रतिभा प्रमाणित गरिसकेका छन् । अब उनी केही महिनामै बाबु पनि बन्न लागेका छन् । आज रणवीर कपुर आफ्नो ४० औं जन्मदिन मनाउँदैछन् । यस अवसरमा उनीसँग सम्बन्धित केही विशेष कुराहरू जान्नुहोस् ।

२८ सेप्टेम्बर १९८२ मा कपूर परिवारमा जन्मेका रणवीर सुरुदेखि नै आफ्ना हजुरबुवा राज कपूरका प्रिय थिए । रणवीरले सन् २००७ मा ‘सावरिया’बाट फिल्म उद्योगमा डेब्यू गरेका थिए तर त्यसअघि उनले सञ्जय लीला भन्सालीलाई फिल्म ‘ब्ल्याक’मा असिस्ट गरेका थिए । रणवीरले आफ्नो करियरमा हालसम्म १९ वटा फिल्म गरेका छन् । उनको खातामा ‘राजनीती’, ‘रकस्टार’, ‘बर्फी’ जस्ता उत्कृष्ट फिल्महरु छन् । जसलाई फ्यानले बारम्बार हेर्न रुचाउँछन् । तर अभिनयमा मात्रै होइन रणवीर धन कमाउनेमा पनि कोहि भन्दा पछि परेका छैनन् । बाँकीको लेखमा हामी उनको कुल सम्पत्तिको बारेमा कुरा गर्छौं ।

‘जीक्यु इन्दिया’को रिपोर्ट अनुसार रणवीर कपुरको कुल सम्पत्ति ४५ मिलियन डलर (३३७ करोड रुपैयाँ) छ । जहाँ आलियाको कुल सम्पत्ति २१.७ मिलियन डलर (१५८ करोड रुपैयाँ) रहेको बताइएको छ । यद्यपि, यो नेट वर्थ समय समयमा रणवीर र आलियाको काम अनुसार फरक हुन्छ । रणवीरले कुनै पनि प्रमोशन वा विज्ञापनका लागि कम्तीमा ५ करोड भारु लिने गर्छन् । उनीसँग एकभन्दा बढी लक्जरी कारहरू छन् । जसमा बीएमडब्ल्यू एक्स ट, लेक्सस, मर्सडीज बेन्ज जीएल क्लास, अडी ८ र रेंज रोवर छन् । 

Logo